प्रथम जोरसिमल कप : ब्रदर्श एफसी र सालबारी विजयी
मेचीनगर । मेचीनगर-७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४-१ अन्तरले जित हासिल गरेको छ ।
निर्धारित समयमा दुवै टिमले समान १-१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा ब्रदर्श विजेता बन्यो ।
खेलमा घोडाजीनको तर्फबाट पुजन मगरले १ गोल तथा ब्रदर्शको तर्फबाट सन्दिप रसाईलीले १ गोल गरेका थिए । खेलको मेन अफ दी म्याच ब्रदर्श एफसीका गोल किपर रोमन क्षेत्री घोषित भए । उनलाई फुटबल प्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।
त्यस्तै आज नै भएको दोस्रो खेलमा सालबारी एफसी विजयी भएको छ । चारआली एफसीलाई २(३ गोल अन्तरले पराजित गर्दै सालबारी विजयी भएको हो । अत्यन्तै रोमाञ्चक बनेको उक्त खेलमा सुरूवाती अग्रता जोगाउन नसक्दा चारआली प्रतियोगिता बाट बाहिरियो ।
पहिलो हापमा २-० ले अग्रता कायम गरेको चारआली दोस्रो हापमा कमजोर प्रदर्शनी गर्दै ३ गोल खायो । चारआलीको तर्फबाट मनकुमार लिम्बूले २ गोल गरेका थिए भने, सालबारीको तर्फबाट अर्जुन किस्कुले २ तथा बाबु धिमालले १ गोल गरे । खेलको मेन अफ दी म्याच अर्जुन किस्कु घोषित भए । उनलाई फुटबल प्रेमी दिनेश तिवारीले नगदसहित ट्रफी प्रदान गरे ।
भोलिको पहिलो खेल ज्यामिरगडी एफसीका बिरूद्ध एनएफसी धुलाबारी तथा दोस्रो खेल तुर्केनी एफसीका बिरूद्ध देविगन्ज एफसी बिच हुने आयोजक समितिका अध्यक्ष सञ्जय मेचेले जानकारी दिए । पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
