आराध्य सहकारीको साधारण सभामा पत्रकार बरालाललाई सम्मान


मेचीनगर । मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो ।

२०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव मेचीनगरका अध्यक्ष समेत हुन । उनले यस अघि लामो समय जन संसद दैनिकमा सह सम्पादक र लोकतन्त्र पोष्टमा कार्यकारी सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

मेचीनगर – ८ स्थित किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा सम्पन्न साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेका छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता तर्फ कमला कुमारी राजवंशी र उत्कृष्ट ऋणी तर्फ ।गीता राजवंशी हेका छन् । सम्मनित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान गरेका थिए ।

सहकारी संस्थाका अध्यक्ष गीता राजबंशीको सभापतित्व तथा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले सहकारी र सदस्यको दीगो विकासको लागि एक सहकारी एक सदस्य अभियानलाई प्राथमिकता दिएर कार्यान्यन गर्नू पर्ने बताए । सहकारीलाई समृद्ध र सुशासन युक्त बनाउन सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ, अध्यक्ष ओलीले भने, ‘तपाईँहरु एउटै सहकारीमा बचत तथा ऋणको कारोबार गर्नुहोस, जस्को कारण सहकारीको शेयर बृद्धि र कारोबार बृहत हुन्छ अनि सहकारी आर्थिक रुपमा मजबुत बन्छ ।’ उनले सहकारीमा आवद्ध सदस्यहरुको जीवनमा समृद्धि ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न सञ्चालक समितिलाई आग्रह समेत गरे ।

कार्यक्रममा ज्येष्ठ नागरिक समिति मेचीनगर –७ का अध्यक्ष पीताम्बर शर्मा, सम्मानित व्यक्तित्व प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा मेचीनगर सञ्चार प्रतिष्ठानका सचिव प्रकाश पौडेल, अनुप राजवंशी, ओम प्रकाश झा, मीरा राजवंशी, दुर्गादेवी कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन सहकारी संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाले बिभिन्न समयमा सदस्य लक्षित कार्यक्रम गर्दै आएको छ । यस अघि सहकारीले निःशुल्क आँखा परीक्षण शिविर, स्वास्थ्य शिविर लगायत सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको सहकारी संस्थाका व्यवस्थापक दुलव मेचेले जानकारी दिए  ।

सहकारी संस्थाका सचिव कमल ढुंगेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।