प्याब्सन मेचीनगर : विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ ।
मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको थियो । पाँचवटा विधामा प्रतिस्पर्धा गरिएको कार्यक्रममा साँस्कृतिक नृत्यतर्फ धुलाबारीको हिमालयन एकाडेमी इङ्लिस स्कूल सर्वोत्कृष्ट बनेको छ ।

यस्तै, १२ बर्ष मुनिको विद्यार्थीको गायनतर्फ दुर्गा आवासीय स्कुलकी कक्षा ४ की छात्रा दिप्ती देवकोटा सर्र्वोत्कृष्ट भएकी छिन् भने १२ बर्ष माथिको विद्यार्थीको गायनतर्फ पारिजात पब्लिक स्कुल मेचीनगर–९ का कक्षा ८ का छात्र मासुम लावती सर्वोत्कृट भएका छन् ।
कक्षा ५ सम्मको आधुनिक नृत्यतर्फ झापा नेशनल स्कुल मेचीनगर–७ प्रथम बनेको छ । मेचीनगर–७ मा रहेको उक्त विद्यालयको नृत्य हरेक वर्ष उत्कृष्ट हुँदै आएको छ । कक्षा ८ सम्मको राष्ट्रियतर्फको नृत्यमा थेसिस इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–३ र बालबाटिका इङ्लिस सेकेन्डरी स्कुल मेचीनगर–१३ सर्वोत्कृष्ट भएका छन् ।

‘लोक संस्कृतिको खोज तथा अनुसन्धान, अभ्यास र संरक्षण–विद्यार्थी र विद्यालयहरुको अभियान’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रमको नृत्य तथा गायनका सुर, ताल तथा लयकारी, प्रस्तुती, हाउभाउ, भेषभुषा जस्ता उपविधाहरुमा छुट्टाछुट्टै नतिजा निकाली फरक–फरक प्रतिभाका सबै बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले जानकारी दिए । सर्वोत्कृष्टको उपाधि प्राप्त गर्ने स्कुल तथा विद्यार्थीहरु आगामी पुस २ र ३ गते हुने जिल्ला प्रतियोगितामा सहभागी हुनेछन् ।
प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको अध्यक्षता तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा प्याब्सन झापा वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की, प्याब्सन झापा उपाध्यक्ष जनार्दन ढकालले मन्तव्य राखेका थिए ।
सोही अवसरमा प्याब्सन मेचीनगरले होलिवेल स्कूलका संस्थापक पिन्सिपल अणु प्रधानलाई मृत्यु परान्त सम्मान गरेको छ । यस्तै, कनभेन्ट स्कूल धुलाबारीका विद्या तिरुवालाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन सचिव नेत्रप्रसाद खतिवडाले गरेका थिए ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
