मेचीनगर : लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडक नाटक
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको छ । नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतीमा मेचीनगर(१० स्थित धुलाबारी मोडमा लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको हो ।
नगरपालिकाले मंसिर ११ गतेदेखि नै विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न लागि परिरहेको छ । नगरपालिकाले नेपालको सिमावर्ती शहर काँकरभिट्टामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, जनप्रतिनिधि, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, विभिन्न शाखा प्रमुख कर्मचारी, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर अभियान सुरू गरेको थियो ।

नगरपालिकाले मंसिर १४ गते लैंगिक हिंसा बिरुद्ध मेचीनगर भरिका सामुदायिक माविका छात्राहरु बिच लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता सम्बन्धी वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै लैंगिक हिंसा विरूद्ध अभिमूखिकरण, सचेतना मुलक कार्यक्रम, विद्यार्थी, महिलालगायत विभिन्न लक्षित वर्गहरुसंग समेत विभिन्न कार्यक्रमहरु गरिएको मेचीनगर महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले बताइन् ।

सामाजिक विकास संयोजक तथा कार्यापालिका सदस्य हृदय राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा मेचीनगर(१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
