मेची कृषकको साधारणसभा : पत्रकार प्रकाश पौडेलसहित दजनौं सम्मानित
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/12/370258915_751685690106414_4277136864864618779_n.jpg)
मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित दजनौंलाई सम्मान गरेको छ । सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभाको अवसरमा सहकारीको बृद्धि विकासमा सहयोग पुर्र्याएका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको हो ।
पत्रकारिताको क्षेत्रबाट सहकारीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीले खवरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई नगद सहित सम्मान पत्रद्धारा सम्मान गरेको छ । मेचीनगर –७ निवासी पौडेल २०६२ सालदेखि पत्रकारितामा क्रियाशील छन् ।
सहकारीले कृषि तथा पशुपंछी मन्त्रालयका पूर्व सचिव डा। योगेन्द्र कुमार कार्कीलाई समेत सम्मान गरेको छ । कार्कीले सहकारीको सामुदायिक पोष्ट हार्भेष्ट तथा खाध्य गोदाम निर्माण कार्यमा मन्त्रालयबाट ठूलो सहयोग पुर्याएको सहकारीले जनाएको छ ।
सहकारीको खाद्यगोदाम तथा मेचीनगर क्षेत्रमा विकासका पूर्वाधारको निर्माण कार्य समयमै सम्पन्न गर्ने गरेको भन्दै सहकारीले निर्माण व्यवसायी नयन बराललाई सम्मान गरेको छ ।
त्यसैगरी मेचीनगरका इञ्जिनयर जीवन भट्राई र सव इञ्जिनियर कमल शर्मालाई समेत सम्मान गरेको छ । सहकारीले भवन निर्माण कार्यमा उहाँहरुको अतुलनीय योगदान रहेको भन्दै इञ्जिनियर भट्राई र सव इञ्जिनियर शर्मालाई सम्मान गरेको सहकारीले जनाएको छ ।
सहकारी व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्र्याएको भन्दै सहकारीको उत्पादन विक्री गर्दै आएका चन्द्र बहादुर थापालाई समेत सम्मान गरेको छ ।
सहकारीले उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणी तथा उत्कृष्ट कर्मचारी र उत्कृष्ट संकलक र जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरेको छ ।
सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ छविलाल अधिकारी, शम्सेर थापा मगर, निर्मला अधिकारी र लक्ष्मी मेचेलाई सम्मान गरेको छ । सहकारीले उत्कृष्ट ऋणी तर्फ तेजविर विश्वकर्मा, बिष्णु भट्टराई, सोमबारी मेचे र शुष्मा लिम्बूलाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कृषकको रुपमा कृष्ण पौडेल र तुलसा बस्नेतलाई सम्मान गरेको छ । सहकारीले बालबचत तर्फ तेजस्वी खनाललाई र क्रमिक बचत तर्फ डिक बहादुर खत्रीलाई सम्मान गरेको छ । सहकारीले स्व। डिकबहादुर पौडेल सहकारी सम्मान श्याम दाहाललाई प्रदान गरेको छ । त्यसैगरी नारदमणी ढकाल स्मृतिकोष कर्मचारी पुरस्कार प्रभाव भण्डारी, सूर्य पौडेल, र किनारा खड्कालाई प्रदान गरेको छ ।
त्यसैगरी उत्कृष्ट कर्मचारी सम्मान मणिकुमार आचार्य, मनोज मिश्र र मोतिलाल पुरीलाई प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ट बजार प्रतिनिधिको रुपमा तरुण खनाललाई सम्मान गरेको छ ।
सहकारीले जेष्ठनागरिक सम्मान बेदमाया बराल, यामबहादुर बुढाथोकी, कुलबहादुर बुढाथोकी, फूलमाया गिरी, बिशुलाल मेचे, बसन्ती दर्जी, कर्च धिमाल, पूर्ण बहादुर बस्नेत, नरमाया सुवेदी, राधा ओझा, मनकुमारी भुजेल, उर्मिला राजवंशीलगायत ४३ जनालाई सम्मान गरेको छ ।
मेचीनगर – ५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा आयोजित कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले पोष्ट हार्भेष्ट परिषरमा नवनिर्मित कृषि गोदामको समेत उद्घाटन गरेका थिए ।
सम्मानित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।
प्रमुख अतिथि शर्माले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन ब्यवसायिक कृषिमा लाग्नुको विकल्प नभएको बताएका छन् । सरकारले कृषि क्षेत्रमा काम गरिरहेका सहकारी संस्था मार्फत किसानलाई प्रत्यक्ष फाइदा पुग्नेगरी कृषिमा अनुदान दिएर कृषि क्षेत्रमा लाग्न प्रोत्साहित गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उपे्रती, पूर्व नगरप्रमुख बिमल आचार्य, सम्मानित व्यक्तित्व पूर्व सचिव डा। कार्की, मेचीनगर – ५ का वडाध्यक्ष कनकबहादुर कार्की, मेचीनगर – ८ का वडाध्यक्ष गिरिराज धमला, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होम गुरुङलगायतले बोलेका थिए ।
सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बुढाथोकीले यस अघि सहकारीले सम्पन्न गरेको एकाइगत साधारण सभामा उठेका सुझव प्रस्तुत गर्दै अध्यक्षको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
सामुदायिक पोष्ट हार्भेष्का संयोजक दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...