मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा
मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको धुलाबारी छठ पूजा समितिले बताएको छ । समितिले आज रामघाटको सभाहल धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो ।
धुलाबारी छठ पूजा समितिका अध्यक्ष जयकुमार श्रापले निन्दा खोलाको यसवर्षको छठ पूजाका लागि ३०० भन्दा बढि घाट ९टेण्ट० बनाएर त्यसमा चाहिने सम्पूर्ण सामानको तयारी पुरा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
छठ पूजा समितिका पूर्व अध्यक्ष शिवशंकर साहले भक्त्तजनहरुलाई पटका नपड्काइ छठ पर्व शान्तिपूर्वक मनाउन आग्रह गरेका छन् । मधेशी समुदाय मात्र मनाउदै आएको यो पर्वमा यसपटक पहाडी समुदायको पनि पूजामा सहभागिता रहने साहले बताए । उनका अनुसार करिव २० वटा घाटमा पहाडी समुदायले पूजा गर्नेछन् । खोलाको दुवै पट्टि बाँस र काठका पुलहरु समेत लगाइएको छ । टेण्ट र घाटदेखि सडकसम्म विद्युतिय सामान जडान गरिएको छ ।

‘छठ पूजा कसरी गर्ने पहाडी समुदायलाई थाहा छैन’, साहले भने–‘विधि विधानका विषयमा हाम्रो समुदायले सिकाईदिएपछि पहाडी समुदायले पनि सँगै पुजा गर्न थालेका छन् । यसपटक पनि पहाडी समुदायको सहभागिता रहनेछ ।’ यसपटक सुरक्षाका व्यवस्था समेत कडा पारिएको आयोजकले जनाएको छ । समितिका पूर्व अध्यक्ष एवम् रामघाट समितिका समेत अध्यक्ष रहेका गोपाल गुप्ताले छठ पूजामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलाबारी र नगर प्रहरीलाई समेत खटाउने गरि मेयर र सुरक्षा प्रमुखहरुलाई जानकारी गराइएको बताए ।
बाणिज्य संघ र हेल्थपोष्ट कार्यालयलाई समेत एम्बुलेन्स तयारी अवस्थामा राख्न जानकारी गराइएको उनको भनाई छ । यहि मंसिर १ गतेदेखि सुरु उक्त छठ पूजा ४ गते समापन हुनेछ । १ गते नहाय खाय, २ गते खरना, ३ गते संन्ध्या अर्ग र मंसिर ४ गते पारन पूजा गरेर समापन गरिने समितिका सचिव जितेन्द्रकुमार गुप्ताले बताए ।

छठ पूजा सम्पन्न गर्न करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका सहसचिव अरुणकुमार साहले जानकारी दिए । मेचीनगर नगरपालिका, घाट र समितिबाट उक्त रकम उठाएर छठ पूजाको तयारी गरिएको उनको भनाई छ । यस पटक छठ पूजामा २० हजार भक्त्तजनहरुको सहभागिता हुने अनुमान आयोजकको रहेको छ ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
