धुलाबारीमा थ्रिडी सांस्कृतिक कार्यक्रम हुने


धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक २४ गते शुक्रबार धुलाबारीमा थ्रिडी संस्कृतिक साँझ आयोजना हुने भएको छ ।
कार्यक्रममा स्थानीय तथा डिप्रस व्रदर ग्रुपका कलाकार प्रतिक चापागाईँ र समिर रसाईलीको बेजोड सांगीतिक प्रस्तुती तथा बिभिन्न जातिय झाँकी र नृत्य प्रस्तुत गरिने भएको छ ।

युवाहरुमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कृष्ण पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा बिभिन्न जातजातिको झाँकी, सन्थाल, थारु, राजवंशी, को जातीय नृत्य तथा मारुनी नृत्य समेत प्रस्तुत गरिने छ । हामी मेचीनगरको नव प्रतिभाको खोजीमा छौं, अध्यक्ष रधुनाथ धिमालले भने,‘युवाहरुको क्षमता तथा नेतृत्व विकास गराउँदै युवाहरुलाई संगठित गर्ने हाम्रो अभियान हो ।’ युवाहरुमा बढेको निरासालाई चिर्न र लागुऔषध दुर्वेशन रोक्न तथा कला र संस्कृतिको संरक्षण गर्दै युवाहरुको नेतृत्व विकास गराउने उद्देश्यले हालै थ्रिडि युथ ग्रुप गठन गरिएको अध्यक्ष धिमालको भनाइ छ ।

संगीतिक कार्यक्रममा मेचीनगरमा रहेका नव प्रतिभाहरुलाई सहभागि गराइने आयोजक समितिका सचिव सन्तोष धमलाले जानकारी दिए । कार्यक्रममा स्थानीय नव प्रतिभाद्वारा नृत्य, गायन, कविता वाचन गजल प्रस्तुत गरिने उनले बताए । मेचीनगर क्षेत्रमा रहेका युवाहरुलाई संगठित गर्न गत असार महिनामा थ्रिडी युथ ग्रुप गठन गरिएको र युवा लक्षित विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

थ्रिडी युथ ग्रुपकी कोषाध्यक्ष मञ्जु चिमरीयाका अनुसार थ्रिडी युथ ग्रुपले समाज रुपान्तरणको लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने छ । थ्रिडी युथ ग्रुपमा संगठित भएपछि हरेक सदस्य अनुसासित भएर लक्षप्राप्तिको लागि अघिबढने उनले बताइन् । कार्यकमको सम्पूर्ण तयारी सकिएको आयोजक समितिका सदस्य सुरेन कन्दङ्वाले बताए ।