नकलबन्दाबाट ४ लाख ५० हजार मूल्य बराबरको अवैध सामान बरामद

नकलबन्दा । भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिव ४ लाख ५० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । नकलबन्दाबाट अवैध रुपमा नेपालतर्फ करिव ४ लाख ५० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हाे ।
मगलवार साँझ ७.३० बजे ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ५ मा भन्सार छली ल्याउँदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर (हुडी) ११७ पिस र भेष्ट १४ पिस गरी अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम...

मेचीनगर । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको...

झापा । बेजोड हावाहुरीका कारण चन्द्रगढी विमानस्थलमा यति...

बिर्तामोड । झापाका धार्मिक, ऐतिहासिक तथा अन्य पर्यटकीय...

मेचीनगर । इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस...

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर...