काँकरिभट्टामा भव्य देवकोटा जन्मजयन्तीको तयारी


मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मेचीनगर -६ काँकरभिट्टा स्थित देवकोटा पार्कमा भव्य रुपमा सम्पन्न हुने भएको छ। अघिल्लो बर्ष कोरोना महामारी लगायतका कारण देवकोटा जन्मजयन्तीमा कुनै कार्यक्रम नगरेको देवकोटा पार्क व्यवस्थापन समितिले यसवर्ष भने भव्यरुपमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमलाई भव्य र सब्य कसरी बनाउने भन्ने विषयमा सरोकारवाला निकाय तथा समाजसेवी व्यक्तिहरुले पार्क परिसरमा वृहत् छलफल चलाएका थिए। छलफलमा पार्कको बिगत सुनाउँदै संविधानसभा सदस्य रविन कोइरालाले यहाँका क्रियाशील व्यक्तिहरु को कारण बाँचेको पार्कलाई थप व्यवस्थित बनाउन र नयाँ कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।

११५ औ देवकोटा जयन्तीलाई भव्य र सभ्य बनाउनका लागि सबैले हातेमालो गर्दै सबै जातजाति भाषा भाषी मिलेर नेपालीपन प्रस्तुत गरेर बलिहाङ , श्रिजंगा लगायतका समारोहलाई एकाकार गर्नुपर्ने बताए । यो कार्यक्रमको अपनत्व नगर सरकारले गरिदिए हुन्थ्यो भन्ने आयोजक कमिटीको मनशाय रहेको बताउँदै उनले नगरपालिकालाई ध्यानाकर्षण समेत गराए।

 

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमख गोपालचन्द्र बुढाथोकीले पार्कको स्वामित्व राष्ट्रिय आवास कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएपनि नगरेको र स्थानीय सरकार लागिपरेको बताए । लामो समयदेखि यो पार्क प्राप्तिका लागि अलिक गम्भीरतापूर्वक लाग्नुपर्ने देखिन्छ । देवकोटा जयन्ती सम्पन्न गर्नपर्छ । यसको व्यवस्थापन समितिको विषयमा केही समस्या रहेको र त्यसलाई समाधान गर्नका लागि छिटो पहल गर्नुपर्नेछ, – मेयर बुढाथोकीले भने।’ संस्थाको बैधानिकताका बारेमा चाँडै टुंगोमा पुग्नुपर्ने बताउँदै उनले नगरपालिकाको मातहतमा ल्याएर यसलाई थप व्यवस्थित बनाउनपर्ने बताए । काकडभिट्टाका सचेत व्यक्तिहरुको बलमा बाँचेको यो पार्क व्यवस्थापन गर्न नगरपालिका सचेत रहेको भन्दै सबैको सल्लाहबाट नगरपालिका अगाडि बढ्ने समेत उनले बताए ।

देवकोटा जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्न ४ लाख २० हजार रुपैयाँ लाग्ने आयोजकको अनमान रहेको छ। ११५ औँ देवकोटा जन्मजयन्ती समारोह आयोजक समितिका संयोजक बालकृष्ण थापाको अध्यक्षतामा सम्पन्न छलफलमा प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, विशिष्ट अतिथि कोसी प्रदेशका माननीय गोपाल तामाङ , मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी , डिल्लीराम घिमिरे , देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेल, मेची सेवा सामुदायिक केन्द्रका अध्यक्ष मुक्ति पौडेल , झापा खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापा , पार्क व्यवस्थापन समितिका सचिव शेखरकाजी थापा, समितिका सदस्य प्रविण बानियाँ, विभित्र राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियोे ।