क्षेत्री समाज मेचीनगर समितिकाे अध्यक्षमा प्रकाश
धुलाबारी । नगरमा छरिएर रहेका क्षेत्री समुदायहरुलाई एकजुट बनाइ सामाजिक कार्यमा लाग्ने उद्देश्यका साथ ‘क्षेत्री समाज मेचीनगर समिति’ गठन गरिएको छ ।
आज बडादसैँको नवमीका दिन मेचीनगर–१०, धुलाबारी स्थित प्रणामी मन्दिर परिसरमा आयोजित क्षेत्री समुदायको भेलाले प्रकाश खड्काको अध्यक्षतामा २५ सदस्यीय ‘क्षेत्री समाज मेचीनगर समिति’ गठन गरिएको हो ।
समितिको सचिवमा केशव गौतम खत्री लगायत ११ जनाको समिति निर्माण गरिएको छ भने बाँकी सदस्यहरुलाई आगामी बस्ने भेलाले थप गरिने जनाएको छ ।
खस क्षेत्रीका केन्द्रीय सल्लाहकार एवम् समाजसेवी पदमबहादुर वस्नेतको प्रमुख आतिथ्यता तथा खस क्षेत्रीका मेचीनगर अध्यक्ष एवम् मेचीनगर–९ का पूर्व वडाध्यक्ष गोपाल खड्काको अध्यक्षतामा पहिलो चरणको सो भेला सम्पन्न भएको थियो ।
भेलामा खस क्षेत्रीका झापा जिल्ला सचिव हरिबहादुर वस्नेत, समाजसेवीहरु लिला पाण्डे, विष्णु बुढाथोकी, गगन वस्नेत, राजन खड्का, पूर्णबहादुर कटुवाल, विकास वस्नेत, हरि डाँगी, विनोद कटुवाल, यामबहादुर बुढाथोकी, भिमबहादुर कुँवर लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यो भेलाले मेचीनगरभित्र रहेका क्षेत्री समुदायहरुबीचको एकता, भाइचारा, बन्धुहरुमा भेटघाट तथा विपन्न परिवारका सदस्यहरुलाई एकअर्कामा सहयोगको भावना जागृत गराउने मुख्य उद्देश्य रहेको अध्यक्ष खड्काले जानकारी दिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
