बेहुलीझैं सिंगारियो ह्याप्पी ड्रिम्स चेप्टी
इलाम । दशैंको छुट्टिमा घुम्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पूर्व क्षेत्रकै सबैभन्दा घुम्न लायक स्थान ह्याप्पी ड्रिम्स चेप्टीलाई बेहुलीजस्तै सिंगारिएको छ ।
बडादशैं तथा तिहार छठजस्ता नेपालीहरुको मुख्य चाडमा लामो बिदा हुने र बिदाको सदुपयोग गर्नका लागि घर आएको बेला र समयको सदुपयोग गर्नका लागि घुम्नका लागि जाने नेपाली तथा विदशीहरुका लागि समेत उचित गन्तव्य स्थलका रुपमा रहँदै आएको यस ह्याप्पी ड्रिम्स चेप्टीलाई थप व्यवस्थित र बेहुलीझैँ सिँगारिएको छ ।
झापा र इलामको सिमामा रहेको माई नगरपालिका–२ चेप्टीमा रहेको यस पर्यटकीय स्थलमा हाल दैनिक हजारौंको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन् । नेपालीहरुको मुख्य चाडहरु भित्रिएसँगै नेपालीहरुमा बढ्दै गएको घुम्ने संस्कृतिलाई समेत मध्यनजर राखेर चेप्टीलाई थप सिंगारिएको ह्याप्पी ड्रिम्स चेप्टीका सञ्चालक दिनेश शिवाकोटीले बताउनुभयो ।
नेपालकै ठूलो पर्यटकीय यस पार्कमा अहिले घुम्नका लागि समेत प्राकृतिक अनुकूल समय भएकाले नेपालका सबै जिल्ला र खासमा भारतको दार्जिलिङ, सिक्किस, भुटान, बंगलादेश र भारतको बंगाल र बिहार राज्यबाट हजारौंको सङ्ख्यामा मानिसहरु घुम्न र मनोरञ्जन लिनका लागि प्रमुख गन्तव्य यस पार्कलाई बनाउने गरेका छन् ।
जसका कारण पनि पार्कलाई थप व्यवस्थित बनाइएको र सिंगारिएको हो । पछिल्लो समय यस क्षेत्रका लागि मात्रै नभएर देश विदेशका मानिसहरुका लागि चाडपर्वमा घुम्नका लागि प्रमुख गन्तव्य चेप्टी बन्ने गरेको छ । झापाको बिर्तामोड र कनकाई नगरपालिका ७ नम्बर वडा दुर्गापुरबाट समेत केही किलोमिटरको उत्तरी क्षेत्रमा रहेको यस रमणीय पार्क चेप्टीमा विश्वका विभिन्न प्रजातिको वनस्पतिहरु पाइनुका साथै, आकर्षक ठूलो झर्ना, डान्सिङ कटेज, पानीजहाज, खानका लागि उचित रेष्टुरेष्ट, डुंगा शयर, हेलिकप्टर, सेल्फीडाँडा, घोडचडी, विभिन्न प्रकारका पिङ खेल सामग्री, बच्चाका लागि समेत खेल सामग्री, आकर्षक गार्डेन लगायतका विभिन्न देशका आकर्षक मूर्तिकलाहरुको अवलोकन गर्न पाइने प्रबन्ध बनाइएको छ ।
आँखाको मनोरञ्जन मात्रै नभएर मनैदेखि रोमाञ्चकता प्रदान हुने यस स्थानमा हाल स्वदेश तथा विदेशबाट समेत दैनिक हजारौंको सङ्ख्यामा पर्यटकहरु आउने गरेको पाइएको छ । एक पटक हेर्नका लागि आएको जोकोही पनि पर्यटकहरु पटक–पटक यस स्थानमा घुम्न आउने गरेका छन् भने यस पर्यटकीयस्थललाई सञ्चालकले थप बेहुली झैं सिंगारेर दसैं तिहार लगायतका चाडमा मनोरञ्जन लिनका लागि थप व्यवस्थित बनाइएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
