छड्के अनुगमनमा निस्किए मेचीनगर प्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अनुगमनलाई तिब्रता दिइरहेका छन् । नगरमा भइरहेका विकास निर्माणका योजनाहरूलाई तिब्रता दिने क्रममा आज मेचीनगर-१३ स्थित तेलिबारी उत्तर माता मन्दिर, उत्तरगंगा, आइतवारे, बाङ्गेपुल हुदै काजीमार्ग सडक कालोपत्रे तथा ड्रेन निर्माणको नगरप्रमुख बुढाथोकीले स्थलगत अनुगमन गरेका हुन् ।
मेचीनगर-१३ तेलिबारी उत्तर कालोपत्रे सडक निर्माण कार्य धमाधम हुँदै छ । १,७१,०३,१२५,१०४५ लागतमा निर्माण भइरहेको उक्त १८०० मिटर उक्त कालोपत्रे बाटोको अनुगमन गर्दै प्रमुख बुढाथोकीले ठेकेदारलाई मापदण्ड अनुसार सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
नगरको बजेटबाट धमाधम निर्माणकार्य भइरहेको उक्त योजनाको नगरप्रमुख बुढाथोकीसहित मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार तथा योजना विकास समिति संयोजक चित्र धिमाल, इन्जिनियर रोशन रिमाललगायतको टोलिले अनुगमन गरेको थियो ।
निर्माणधिन उक्त कालोपत्रे बाटो निर्माण सम्पन्न भए पश्चात आफुहरूलाई आवतजावतमा सहज हुने स्थानीय बताँउछन् ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...