शिक्षा बहुउद्देश्यीय सहकारी : धुलाबारीमा उत्कृष्ट सदस्यलाई सम्मान


धुलाबारी । झापाको बिर्तामोडमा मुख्य कर्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यलाई सम्मान गरेको छ । संस्थाको एघारौं सधारण सभा अन्तर्गत आज धुलाबारीमा आयोजित इकाइगत सधारण सभामा उनीहरूलाई सम्मान गरेको हो ।

संस्थाले आवधिक बचत राम रिजाल, शिक्षा बचततर्फ नितिका रिजाल, उत्कृष्ट ऋणीतर्फ कमल सहनी र साधारणतर्फ सन्तोष बिस्वकर्मालाई सम्मान गरिएको हो ।

सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंककी धुलाबारी शाखाकी मुना घिमिरे, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान पत्र प्रदान गरेका थिए । प्रमुख अतिथि घिमिरेले केही सहकारी संचालकको गलत नियत र हल्लाले सहकारी क्षेत्रमा समस्या देखिएको बताइन् । सदस्यले सहकारीमा तिर्नुपर्ने ऋणको किस्ता र बचतलाई नियमित गरेर सहकारी अभियानलाई सफल बनाउनुपर्नेमा उनले धारण थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बाह्य ऋण भन्दा सदस्यको बचतलाइ बढी प्राथमिकता दिएको बताए। सदस्यलाइ बचतमा प्रोत्साहन गरी सदस्यलाई नै बढी लाभान्वित बनाउने नीति लिएको बताए । संस्थाका लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९र०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिए ।

त्यस्तै, शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको उनले बताए । आर्थिक वर्ष २०७९र०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करो ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको छ । संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ । गत आवमा तीन जना सेयर सदस्यको ३ लाख ५० हजार १३० रुपैयाँ कर्जा मिनाह गरिएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सेवा केन्द्र प्रमुख बिपना तिम्सिनाले गरेका थिए  । कार्यक्रममा संस्थाका सल्लाहकार समिति सदस्य संयोजन सावित्रीकुमारी लिम्बू, सञ्चालक समिति उपाध्यक्ष हेमराज मिश्र, सदस्य उमा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य युबराज निरौला लगायतको उपस्थिति रहेको थियो ।

संस्था आजदेखी इकाइगत साधारण सभा सप्पन्न भएको छ । संस्थाको कात्तिक २ गते बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण भेला हुनेछ । बिर्तामोड शनिश्चरे, धाइजन, चैतुबारी, धुलाबारी र दुर्गापुर सदस्य सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको शिक्षा बहुउद्देश्यमा हाल चार हजार ७२० जना शेयर सदस्य छन् भने ३३ जना कर्मचारी कर्मचारी कार्यरत छन् ।