मेचीनगरको एक विद्यालयका शिक्षक मातेर विद्यालय पुगेपछि…
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/10/teacher-e1697106774132.jpg)
मेचीनगर । मेचीनगर–९ स्थित हरी आधारभुत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालयका शिक्षक ध्रुव पौडेल आज विहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगे । विद्यालय पुगेका उनी पढाउन तिर लागेनन् । उनी त चौरमा फोहोर टिप्न तिर पो लागे ।
शिक्षकको यस्तो हर्कत देखेर सबै अचम्मीत भए । मदिराले लठ्ठै भएका उनी त्यसपछि पढाउनका लागि कक्षा कोठामा पनि गए । तर, विद्यार्थी पढ्न मानेनन् बहिस्कार गरे । ‘सर त रक्सी खाएर मात्नुभएको छ, हामी पढ्दैनौ’, विद्यार्थीहरुले भने । त्यसपछि भने विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद फुँयालसहितको टोलीले प्रहरीलाई खबर गरे र मदिरा सेवन पुष्टि गर्न आम्दा अस्पताल धुलाबारी ल्याए ।
अस्पतालमा जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भयो । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी ल्याइएको छ । अहिले उनी प्रहरी नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार अहिले विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवालाहरुले यस सन्दर्भमा छलफल गर्ने तयारी भइरहेको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...