मेचीनगरको एक विद्यालयका शिक्षक मातेर विद्यालय पुगेपछि…
मेचीनगर । मेचीनगर–९ स्थित हरी आधारभुत विद्यालयका एक शिक्षक मदिरामा लठ्ठै भएर विद्यालय पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालयका शिक्षक ध्रुव पौडेल आज विहान पौने १० बजेतिर मदिराले लठ्ठै भएर विद्यालय पुगे । विद्यालय पुगेका उनी पढाउन तिर लागेनन् । उनी त चौरमा फोहोर टिप्न तिर पो लागे ।
शिक्षकको यस्तो हर्कत देखेर सबै अचम्मीत भए । मदिराले लठ्ठै भएका उनी त्यसपछि पढाउनका लागि कक्षा कोठामा पनि गए । तर, विद्यार्थी पढ्न मानेनन् बहिस्कार गरे । ‘सर त रक्सी खाएर मात्नुभएको छ, हामी पढ्दैनौ’, विद्यार्थीहरुले भने । त्यसपछि भने विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद फुँयालसहितको टोलीले प्रहरीलाई खबर गरे र मदिरा सेवन पुष्टि गर्न आम्दा अस्पताल धुलाबारी ल्याए ।
अस्पतालमा जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भयो । त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय धुलाबारी ल्याइएको छ । अहिले उनी प्रहरी नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार अहिले विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवालाहरुले यस सन्दर्भमा छलफल गर्ने तयारी भइरहेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
