प्रहरी दमन विरूद्ध मेचीनगरका कर्मचारी पनि आन्दोलित
मेचीनगर । काठमाडौँमा आन्दोलनमा गएका स्थानीय तहका कर्मचारीलाई प्रहरीले लछारपछार पार्दै कुटपिट गरेको विरूद्ध मेचीनगरका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।
सोमबार काठमाडौंमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत कर्मचारीमाथि दमन गरेपछि त्यसका विरुद्व नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध जनाएको हो ।
कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर भन्दै मंगलवार नगरपालिकाको मुख्य प्रवेशद्वार गेटमा विरोध कार्यक्रमको आयोजना गरेर नगरपालिका कर्मचारीले विरोध गरेको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापा मगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाल लगायतले बोलेका थिए । उनीहरूले कर्मचारीहरूको जायज मागलाई राज्यस्तरबाट चाडैं सम्बोधन हुनुपर्ने धारणा राखे ।
सरकारले कर्मचारी, कर्मचारीवीच विभेद गरेको भन्दै अहिले देशैभर कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रमको सञ्चालन सहसचिव नरमाया निरौलाले गरेकी थिइन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
