शिक्षा सहकारी : सदस्यलाई ८ प्रतिशत व्याजदरमा स्वरोजगार कर्जा

बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले आठ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहने सदस्यका लागि कर्जा प्रदान गरेको छ । सानो लगानीबाट आत्मनिर्भर बन्न खोज्ने सदस्यका लागि शिक्षा बहुउद्देश्यीयले सहुलियत दरमा कर्जा प्रवाह गरेको हो ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा उद्यमशीलताको विकास गरी आत्मनिर्भर हुन चाहने सदस्यका लागि सहुलियत दरमा कर्जा प्रवाह गरिएको संस्थाले जनाएको छ ।
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने कृषि तथा सेवामूलक व्यवसाय गर्न चाहने संस्थाका सदस्यले आठ प्रतिशत व्याजदरमा कर्जा पाएको बताउँछन् । शिक्षाले नियमित बचत गरिरहेका सदस्य छानेर ८ प्रतिशतमा कर्जा दिने गरेको छ ।
संस्थाले उपलब्ध गराएको सहुलियत दरको कर्जा लिएर २२ जना सदस्य स्वरोजगार मात्र बनेका छैनन्, अरुलाई रोजगारी पनि दिएका छन् । चालु आर्थिक वर्षमा पनि उद्यमी बन्न चाहनेका लागि सहुलियत दरको कर्जा उपलब्ध हुने अध्यक्ष न्यौपानेले बताए ।
कोषसँगको सहकार्यमा शिक्षा बहुउद्देश्यीयले कृषि, पशुपालन तथा सेवा व्यवसायमा ७५ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको संस्थाका उपाध्यक्ष हेमराज मिश्र बताउँछन् ।
ऋण उप समितिका संयोजक समेत रहेका मिश्रले सानो लगानीबाट पेशा व्यवसाय गर्नेहरु सहुलियत दरको कर्जाबाट लाभान्वित भइरहेको बताए । सदस्यले ३६ महिनाभित्र सहुलियत दरको कर्जा तिरिसक्नु पर्ने व्यवस्था छ ।

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...