चिटिक्क पारियो मागुरमाडी पर्यटकीय सिमसार

धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ मेचीनगर–९ द्वारा सञ्चालित ‘मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्र’को सरसफाई गरी चिटिक्क पारिएको छ ।
उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाई गरिएको हो । सिमसार क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सरसफाई गरिएको वन समूहका अध्यक्ष अमर लिम्बूले बताए । उपभोक्ताले एकैसाथ सिमसार क्षेत्र सफाइ गरेका हुन् । मागुरमाडी सिमसार भौतिक संरचना निर्माणसँगै सञ्चालनमा आइसकेको छ । यद्यपि बजेट अभावका कारण पूर्णरुपमा संरचनाहरु निर्माण हुन सकेको छैन ।
पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण गरिएको छ । अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक प्रकृतिको रहेको छ । सिमसार क्षेत्रमा क्रंक्रिट सामाग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामाग्री बढी प्रयोग गरी निर्माण गरिएको छ ।
मुख्य राजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसवारी पर्यटकीय क्षेत्रको उत्तरतर्फ पर्दछ । मागुरमाडी सिमसार क्षेत्र पर्यटकका लागि लोपोन्मुख किसान जातिको कला, संस्कृति अध्ययनको विषय समेत बन्ने वन समूहकी सचिव कमला गौतमले बताइन् । किसान जातिको बसोबास सबैभन्दा बढी मागुरमाडी क्षेत्रमै पर्छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...