मेची कृषक सहकारी : क्षेत्रगत रुपमा २४ औं वार्षिक साधारणसभा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवारदेखि क्षेत्रगत रुपमा सुरु भएको छ । आइतबार क्षेत्र नम्बर दुई अन्तरगत मेचीनगर-५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधारण-सभा सम्पन्न भएको हो । ।
मेचीनगर-५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ७८ जना शेयर सदस्यको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ८७५६ जना सदस्य र ६ करोड, ६ लाख १० हजार १सय एकहत्तर रुपैयाँ शेयर पूजीँ पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले कृषि क्षेत्रमा सदस्यहरुलाई प्रोत्साहित गर्दै २५० घर परिवारलाई बिजबृद्धि कार्यक्रममा सहभागि गराएर ५यस मेट्रिक्टन बिउ बिक्रि गर्दै आएको सहकारीले जनाएको छ । नविन पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व सम्पन्न भएको थियो ।
शनिवार भने मेचीनगर-२ स्थित जेष्ठ नागरिक भवनमा क्षेत्रगत सम्पन्न भएको थियो । मेचीनगर-२ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर १, २, ३ र ४ नम्बर वडा क्षेत्रमा रहेका मेची कृषक सहकारी संस्थामा अवद्ध सदस्यहरु सहभागि बनेका थिए । आज सोमबार मेचीनगर-८ स्थित नारी जागरण भवनमा कार्यक्रम हुने सहकारीले जनाएको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...