मेची कृषक सहकारी : क्षेत्रगत रुपमा २४ औं वार्षिक साधारणसभा सुरु
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिवारदेखि क्षेत्रगत रुपमा सुरु भएको छ । आइतबार क्षेत्र नम्बर दुई अन्तरगत मेचीनगर-५ स्थित सामुदायिक पोष्ट हार्भेष्टमा साधारण-सभा सम्पन्न भएको हो । ।
मेचीनगर-५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ७८ जना शेयर सदस्यको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ८७५६ जना सदस्य र ६ करोड, ६ लाख १० हजार १सय एकहत्तर रुपैयाँ शेयर पूजीँ पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले कृषि क्षेत्रमा सदस्यहरुलाई प्रोत्साहित गर्दै २५० घर परिवारलाई बिजबृद्धि कार्यक्रममा सहभागि गराएर ५यस मेट्रिक्टन बिउ बिक्रि गर्दै आएको सहकारीले जनाएको छ । नविन पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले गरेका थिए । सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व सम्पन्न भएको थियो ।

शनिवार भने मेचीनगर-२ स्थित जेष्ठ नागरिक भवनमा क्षेत्रगत सम्पन्न भएको थियो । मेचीनगर-२ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर १, २, ३ र ४ नम्बर वडा क्षेत्रमा रहेका मेची कृषक सहकारी संस्थामा अवद्ध सदस्यहरु सहभागि बनेका थिए । आज सोमबार मेचीनगर-८ स्थित नारी जागरण भवनमा कार्यक्रम हुने सहकारीले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...