धुलाबारी महोत्सव : असोज २६ गतेदेखि
मेचीनगर । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवमा स्थानीय रोलिङ क्लबको विशेष सहयोग रहने बताइएको छ । महोत्सवका संयोजक रविनकुमार बस्नेतका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ ।
पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको संस्थाका महासचिव प्रकाश खड्काले बताए । महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यस्तै, प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मिणा आचार्यले जानकारी दिइन् ।
महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँचवटा स्टलहरु विभिन्न संघसंस्थालाई निःशुल्क उपलब्ध गराइनेछ । धुलाबारीको पुरानो शाखलाई फर्काउन महोत्सवले टेवा पुर्याउने आशा गरिएको खड्काको भनाइ छ । महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए । महोत्सवअन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...