सामूहिक अभियान साकोसको अध्यक्षमा भट्टराई


मेचीनगर । सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जगननाथ भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । मेचीनगर- १२ सहरेडाँगीमा अवस्थित संस्थाको शनिवार सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि संस्थाको उपाध्यक्ष रहेका थिए ।

साकोसका अध्यक्ष भुपेन्द्र न्यौपाने गत सालको स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिका वडा नं।१० बाट वडाध्यक्षमा निर्वाचित भएकाले सहकारीको नियमलाई मध्यनजर गरेर उनले साकोसको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । त्यस्तै साकोसको रिक्त रहेको उपाध्यक्ष र सदस्य पदमा क्रमशस् टिकाराम रिजाल र गोकुल खत्री सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन सम्पन्न गर्न कोशी बचत संघका सदस्य वि।पी भट्टराईको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । जसको सदस्यमा विश्व थापा र लीला राजवंशी रहेका थिए । संस्थाका अध्यक्ष भुपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल रहेका थिए ।

उक्त अवसरमा साकोसका संस्थापक कार्यसमितिका पदाधिकारीदेखि बचतकर्ता सम्मलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा नरेन्द्रकुमार विष्ट, तिलकप्रसाद गिरी, यामनाथ बराल, प्रेम नेम्बाङ, रमेश भट्टराई, सविना खतिवडा, प्रेम भट्टराई, भोजबहादुर कार्की र गंगा भट्टराई रहेका छन् ।

त्यस्तै साकोसमा कार्यरत कर्मचारी र पूर्व कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुने प्रतिज्ञा कोइराला, सविता भुर्तेल, रोश्नी कालिकोटे, चिन्ता घिमिरे, कविता पुरी र प्रतिमा राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो । विशिष्ट योगदान पुयाउने दुर्गा हनुमान मन्दिर, रितिका डेरी उद्योग, व्यप्तीस चर्च र माधव संस्कृत विद्याश्रमलाई सम्मेत सम्मान गरिएको थियो ।

त्यसैगरी असल ऋणी भिमकुमार विष्ट, उत्कृष्ट बचतकर्ता कमला मिश्र पौडेल, उत्कृष्ट बाल बचतकर्ता अन्स निरौलालाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले साकोसले २०८० असार मसान्तसम्म २० लाख ८१ हजार ४८३ रुपैँया खुद नाफा गरेको प्राप्त गरेको बताए । उनका अनुसार संस्थामा २ हजार ७२९ पुरुष, २ हजार ४९ महिला र अन्य ५० गरी ४ हजार ८२८ शेयर सदस्य रहेका छन् ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि दंगाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका संयोजक सन्तोषप्रसाद सापकोटा लगायतले आ-आफ्ना धारणा राखेका थिए । साकोसका उपाध्यक्ष महेन्द्रदेवि पराजुलीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।