भाट-भटेनी बिर्तामोड : झापाली जनताको उत्साहजनक साथ, छुट यथावत
बिर्तामोड । व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट सञ्चालनमा आएको भाट भटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । उद्घाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति पाएको भाट भटेनीमा आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्सहजनक उपस्थिति रहेको छ ।
झापाली जनताको उत्साहजनक साथ पाएको भाट भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक महानुभावहरुले स्टोरप्रति देखाएको माया तथा विश्वासका लागि कृतज्ञता तथा आभार व्यक्त गरेको जनाएको छ ।
बिर्तमोडलगायत आम कोशी प्रदेशबासी उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै उद्घाटनका अवसरमा ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशतसम्मका छुटको सुविधाहरु अर्को सूचना नआएसम्म यथावत नै रहने जानकारी गराएको छ ।
साथै, आगामी दिनहरुमा समेत आमउपभोक्ताहरुको यस्तै साथ र विश्वास र हौशलाको अपेक्षा रहने जनाएको छ । १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेससहित सञ्चालनमा आएको स्टोरमा २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको छ ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
