गृहलक्ष्मी सहकारीको पूँजी करिब १९ करोड
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगर–९ स्थित संस्थाको प्रधान कार्यालयमा आज (शनिबार) सभा सम्पन्न भएको हो ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिवकुमार रेग्मी, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका कर्जा प्रमुख भिमबहादुर सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले सहकारी संस्थाप्रति विभिन्न क्षेत्रबाट प्रहार भइरहेकाले यस प्रकारका अनावश्यक होहल्लाको पछि लाग्न नहुने बताए । ‘सहकारी संस्था आम सदस्यहरुको संस्था हो । पछिल्लो समय सहकारीले प्रवाह गरेको ऋण तिर्नु हुँदैन, नतिर्दा पनि हुन्छ लगायतका प्रचार भइरहेका छन्,’ उनले भने, ‘यस प्रकार हल्लाका पछि लाग्न हुँदैन ।’
संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेणुका डाँगीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने बिर्तामोड सेवा केन्द्र उप–समितिका संयोजक घनश्याम डाँगीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाको कुल पूँजी १८ करोड ७८ लाख
विसं. २०६५ सालमा स्थापना भएको यस सहकारी संस्था निरन्तर सदस्यहरुप्रति सेवा प्रवाहमा निहित छ । हाल यस संस्थाको शेयर पूँजी मात्रै २ करोड ३७ लाख ८१ हजार ८ सय छ भने संस्थाको कुल पूँजी १८ करोड ७८ लाख १४ हजार ८ सय ६४ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक सरोज मेहराले बताए ।
हरेक बर्ष सदस्य लक्षित कार्यक्रमहरु संचालन गर्दै आएको गृहलक्ष्मीले सेवा क्षेत्र समेत विस्तार गरिरहेको छ । गृहलक्ष्मीले विर्तामोड, बाहुण्डाँगी र इटाभट्टामा सेवा केन्द्र खोलेर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।
………………………
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


