काँकडभिट्टामा लागू औषध सहित तीन जना पक्राउ
काँकडभिट्टा । काँकडभिट्टाबाट लागु औषध (ब्राउन सुगर) सहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कांकरभिट्टाले विशेष सूचनाका आधारमा उनीहरुलाई शुक्रबार सांझ मेचीपुलबाट पक्राउ गरेको हो
प्रहरी टोलीले चेकजाच गर्ने क्रममा बिर्तामोड ३ बिर्ताबजार ३ मा बस्ने २४ वर्षीय उत्सब चौधरी, मेचीनगर नगरपालिका ९ झोडा बस्ने २९ बर्षीय निर्दोष डांगी र सोही ठेगानका २७ वर्षीय साजन राजवंशीलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले राजवंशी र डांगीको साथबाट १ ग्राम ९ सय मिलिग्राम र चौधरीको साथ बाट १ ग्राम ८ सय गरी ३ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
भारतबाट सेवन गरेर हिंडेर मेचीपुल हुंदै नेपाल प्रबेश गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कांकरभिट्टाले जनाएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...