गृहलक्ष्मी साकोस : प्रधान कार्यालयको साधारणसभा सम्पन्न
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि झापाको मेचीनगर–९ स्थित धुलाबारीको को १५ औं इकाईगत वार्षिक साधारणसभा अन्तर्गत बिहीवार धुलावारी प्रधान कार्यालयको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ ले गरेका थिए ।

गृहलक्ष्मी साकोसको सभाहलमा मेचीनगर–९ धुलावारी सिरानमा सम्पन्न इकाईगत वार्षिक साधारणसभामा विर्तामोड नगरपालिका सहकारी अधिकृत श्री डिल्लीप्रसाद दाहालको समेत उपस्थिती रहेको थियो । कार्यवाहक अध्यक्ष रेणुका डाँगीको अध्यक्षता रहेको सभा सम्पन्न भएको थियो । इकाईगत वार्षिक साधारणसभा अन्तर्गत बिर्तामोड सेवा केन्द्र, इटाभट्टा सेवा केन्द र गाडागल्ली सेवा केन्दको साधारणसभा सम्पन्न भइसकेको संस्थाको व्यवस्थापक सरोज मेहराले जानकारी दिए । उनका अनुसार संस्थाको माइन्युट प्रमाणीकरण भने असोज ६ गते प्रधान कार्यालयमा हुने छ ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
