सञ्चालनमा आयाे बिर्तामाेडकाे भाट-भटेनी, गुरुङले गरे उद्घाटन
बिर्तामोड । आजबाट सञ्चालनमा आउने नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ ।
आज बिहान ६ः३० बजेको शुभ साइतमा भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।
नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ ।
भाट भटेनीले आफ्नो २६औँ स्टोर बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर सञ्चालनमा आएको हो ।
बिर्तामोडमा रहेको स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको झापाको पहिलो हो ।
स्वदेशी तथा बिदेशी ब्रान्डका उच्च गुणस्तरका सामानहरु पाइने सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास रहेको अध्यक्ष गुरुङको भनाइ छ ।
उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाइ बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए ।
उद्घाटनका आवसरमा ग्राहकलाई इलेक्ट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्सजोन तथा स्केट पार्क लगायतका सुविधाहरु रहेको भाटभटेनीले जनाएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
