गृहलक्ष्मी साकोस : इटाभट्टा शाखाको वार्षिक साधारणसभा


मेचीनगर । झापाको मेचीनगर-९ स्थित धुलाबारी सिरानमा प्रधान कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को १५ औं इकाईगत वार्षिक साधारणसभा अन्तर्गत आज इटाभट्टा शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष धमलाले सहकारीको माध्यमबाट समुदायमा आर्थिक सुधारका थुप्रै कार्यहरु भएको बताउँदै समयमा बचत गर्न सके आवश्यकता परेको बेला त्यसको सदुपयोग गर्न सहज हुने बताए ।

मेचीनगर-८ स्थित नारी जागरण सेवा केन्द्रको शभाहलमा आयोजित इकाईगत वार्षिक साधारणसभा संस्थाको कार्यवाहक अध्यक्ष रेणुका डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रममा समाजसेवी लालबहादुर थामी, दिलबहादुर घिमिरे, जेष्ठनागरिक मञ्च मेचीनगर ७ का अध्यक्ष पिताम्बर पौडेललगायतको आतिथ्यता रहेको थियो । इटाभट्टा सेवा केन्द्रको संयोजक मिनमाया सुब्बाले प्रतिवेदन वाचन गरेको कार्यक्रममा स्वागत मन्तव्य इटाभट्टा सेवाकेन्द्र समिति सदस्य रघुनाथ धिमाल र कार्यक्रम सञ्चालन इटाभट्टा कार्यालय प्रमखु निरू माझीले गरेकी थिइन् ।

भदौं ३० देखि असोज ६ गतेसम्म सञ्चालन हुने संस्थाको इकाईगत वार्षिक साधारणसभा अन्तर्गत बिहिबार प्रधान कार्यालयको साधारणसभा हुने संस्थाको व्यवस्थापक सरोज मेहराले जानकारी दिए । उनका अनुसार संस्थाको माइन्युट प्रमाणीकरण भने असोज ६ गते प्रधान कार्यालयमा हुने छ ।