भोलिदेखि बिर्तामोडको भाट-भटेनी सुपर मार्केट सञ्चालनमा आउने

बिर्तामोड । झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा निर्माण भएको भाट-भटेनी सुपर मार्केट असोज ४ गते बुधबारबाट सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रियस्तरको सुपर मार्केटको उद्घाटनको सबै तयारी पूरा भएको छ ।
नेपालमा २६ औँ शाखाका रुपमा सञ्चालनमा आउने भाट(भटेनी स्टोरमा एक लाख २५ हजार प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
सुपर मार्केट व्यवस्थापनको सम्पूर्ण कामहरु सकिएको जनाइएको छ । उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट-भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ । सातौँ तल्लासम्म रहेको भाट-भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...