शान्ता निरौलालाई बाहुनडाँगी उत्कृष्ट नारी सम्मान


बाहुनडाँगी । बाहुनडाँगी जेसीजले प्रदान गर्ने उत्कृष्ट नारी सम्मान मेचीनगर २ निवासी शान्ता निरौलालाई प्रदान गरिएको छ । शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको चन्द्रकला बराल स्मृति अक्षयकोषबाट दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो ।
बाहुण्डाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसर निरौलाई नगद ५ हजार १ सय, दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । निरौलाले २०६१ सालदेखि दिपेन्द्र प्राविको प्रधानाध्यापकको जिम्मेवारी रहेर काम गर्दै आएकी छिन्
यसैगरी २०७९ सालको एसइइमा साबिक बाहुण्डाँगी गाविसबाट उत्कृष्ट जिपिए ल्याउने छात्रार्फ मेची जनसाधारण माविकी रिस्ता नेपाल र छात्रतर्फ पनि सोही विद्यालयका किस्मत दाहाललाई नगदसहित सम्मान गरिएको छ । जेसीज सप्ताहमा भएका कार्यक्रमहरुको उत्कृट संयोजकको अवार्ड सचिव शुष्मा मिश्रलाई प्रदान गरिएको थियो ।
मुल कार्यक्रम संयोजक सामुल राया, कार्यक्रम संयोजकहरु सुस्मिता खतिवडा, शुष्मा मिश्र, विदात गिरी, सागर भारती, किरण गौतम, चित्रबहादुर श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यसैगरी बाहुण्डाँगी जेसीजको मेचीनगर स्तरीय साँस्कृतिक कार्यक्रममा पुरस्कारको सौजन्य गर्न राजन रितिका डेरी उद्योग, बाहुण्डाँगीका व्यवसायी समिर राई र बद्री निरौलालाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम शाखाका बोर्ड अफ डाइरेक्टर देबु बानियाँले सञ्चालन गरेका थिए ।
शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्व तथा प्रदेश सभा सदस्य गोपाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्षहरु स्वस्तिका आचार्य, भिमबहादुर कुँवर, बिरबहादुर बेगा, सम्मानित व्यक्ति शान्ता निरौला, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, शाखाका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मुल कार्यक्रम संयोजक सामुल रायाले स्वागत, कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडाले आस्थापाठ र सचिव सुष्मा मिश्रले मिसन भिजन गरेको कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लगाईले गरेका थिए ।