दोकानडाँडाका (ठुले) दाजुभाइको घर शिलन्यास
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/09/371481489_1511603429651470_7975793629633566586_n.jpg)
मेचीनगर । मेचीनगर ३ दोकानडाँडाका बस्नेत दाजुभाइको घर निर्माणका लागि शनिबार शिलन्यास भएको छ । विपन्न अवस्थाका तथा फरक क्षमताका छत्रबहादुर बस्नेत (ठुले) र प्रदिप बस्नेतको घर निर्माणका लागि शिलन्यास गरिएको हो ।
स्थानीय ज्येष्ठ नागरिक ९६ वर्षका पञ्चवीर राई र ९२ वर्षीय धनकुमारी रायाले संयुक्त रुपमा घरको शिलन्यास गरेका हुन् । ज्येष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ निर्माण कार्य सुरु गरिएको छ । नव ज्योति युवा क्लब, बाहुडाँगी जेसीज र दोकानडाँडा युवा परिवारको सहकार्यमा निर्माण हुन लागेको घरको अनुमानित लागत ५ लाख रुपैयाँ रहेको निर्माण समितिका कोषाध्यक्ष प्रमिस थापाले जानकारी दिए ।
देशविदेशमा रहेका विभिन्न युवाहरुको सहयोग तथा स्थानीय दाताहरुको सहयोगमा निर्माण कार्य सुरु गरिएको कोषाध्यक्ष थापाले बताए । हालसम्म घर निर्माणका लागि करिब २ लाख ५ हजार रकम र करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री संकलन भएको छ ।बुबाआमाको पहिले नै निधन भएको र हाल भएको पुरानो जीर्ण फुसको घरमा दुई दाजुभाइ मात्र बस्दै आएका थिए । दुवै दाजुभाइ शारीरिक र मानसिक रुपमा असक्त छन् ।
डेढ महिनाभित्रमा घर निर्माण सम्पन्न गर्ने र दसैँको फूलपातीका दिन दाजुभाइलाई नयाँ घरमा भित्र्याइने समितिका सचिव देवु बानियाँले जानकारी दिए । घर निर्माणको प्राविधिक सहयोग मेची अभियानले गर्ने भएको छ । समितिका अध्यक्ष सुमन थापाले ७० प्रतिशत रकम र सामग्री संकलन भएको र अपुग रकम बिस्तारै संकलन गर्दै जाने बताए । शिलन्यास कार्यक्रममा गाउँका अग्रज जीतबहादुर लावती, हस्तबहादुर खत्री, कमल थापा, नन्दकुमार भारती, ऐनकुमार भट्टराई, धनबहादुर निरौलालगायतकोे उपस्थिति रहेको थियो ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...