तीज विशेष टिकटक प्रतियोगिता हुने
काँकरभिट्टा । रेडियो मन्त्र १०५.४ मेगाहर्जले तीज विशेष टिकटक प्रतियोगिता गर्ने भएको छ । झापा जिल्लाका महिलाहरूले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि तीज विशेष टिकटक भिडियो बनाएर भदौ २२ गतेसम्म रेडियो मन्त्रमा पठाउनु पर्ने रेडियोका स्टेशन मेनेजर मनिषा गौतमले बताइन् ।
प्रतियोगिताका लागि रेडियो मन्त्रको इमेल [email protected] र whatsapp No 9808523424 मा टिकटक भिडियो पठाउनु पर्ने स्टेशन मेनेजर गौतमले बताइन् ।
रेडियोमा आएको टिकटकलाई भदौ २३ गतेदेखि २७ गतेसम्म रेडियोको टिकटक एकाउन्टमा राखिने र सबैभन्दा धेरै हेरिएका, शेयर भएका र फलो गरेका उत्कृष्ट तीनवटा टिकटकलाई उत्कृष्ट घोषणा गरेर पुरस्कृत गरिनेछ ।
विजेतालाइ पाँचतारे होटल मेची क्राउन मेचीनगरमा डिनरको व्यवस्था गरिएको छ भने आकर्षक गिफ्ट हेम्पर समेत उपलब्ध गराइने रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।
भदौ २९ गते प्रतियोगिताका उत्कृष्ट तीन टिकटकको रेडियो मन्त्रबाट घोषणा गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन रहेको छ भने सहप्रायोजक मेरो हार्डवेयर ईटाभट्टा र सहयोगी संस्थाका रूपमा महिला जनचेतना केन्द्र काकरभिट्टा रहेको छ ।
प्रतियोगिताका लागि नियमहरु ।
१) प्रतियोगिताका सहभागिहरुले रेडियो मन्त्रको फेसबुक पेज र टिकटक एकाउन्टलाई लाईक, शेयर र फलो गर्नु पर्नेछ ।
२) टिकटक भिडियोमा तीजसंग सम्बन्धीत गीत, अभियन र संवाद मात्र गर्न पाइने छ ।
३) टिकटक भिडियो बढीमा तीन मिनेटको मात्र हुनु पर्नेछ ।
४) भिडियो एकल वा दुई जनासम्मको समूहमा बनाएर सहभागि हुन पाउनेछन ।
५) प्रतियोगितामा जुनसुकै उमेर समूहका झापा जिल्लाका महिलाले मात्रै सहभागिता जनाउन पाउनेछन ।
६) प्रतियोगितामा एक ब्यक्ति वा समूहले एउटा मात्र टिकटक पठाउन पाइने छ ।
७) प्रतियोगिता अन्तर्गत २०८० भदौ १५ गतेदेखि २२ गतेसम्म टिकटक भिडियो पठाउनु
पर्नेछ । भदौ २३ गतेदेखि २७ गतेसम्म टिकटक रेडियो मन्त्रको टिकटक एकाउन्ट [radiomantrajhapa] र रेडियो मन्त्रको फेसबुक पेज [Radio Mantra Jhapa] मा राखिने छ । प्रतियोगिताको विजेता भदौ २९ गते रेडियो मन्त्र १०५.४ मेगाहर्जबाट घोषणा गरिनेछ ।
८) प्रतियोगिताका लागि [email protected] र whatsapp No 9808523424मा टिकटक भिडियो पठाउनु पर्नेछ ।
९) तीज टिकटक प्रतियोगिता २०८० का लागि रेडियो मन्त्र झापाको टिकटक एकाउन्ट [radiomantrajhapa] मा आएको views, like, share / follow को आधारमा बिजेता घोषणा गरिनेछ ।
१०) प्रतियोगिताको उत्कृष्ट छनौटमा परेका तीन भिडियोका सहभागिलाई पाँच तारे होटल मेची क्राउन मेचीनगरमा एक बेलुकाको खाना (डिनर) को व्यवस्था गरिनेछ साथै आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था छ ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...