हरियाणाको अग्रोहबाट हिडेकाे रथयात्रा शुक्रबार काँकरभिट्टा आईपुग्ने
मेचीनगर । विश्वभरिका अग्रवालहरुकी कुलदेवी महालक्ष्मीको भारतमा जारी रथयात्रा यही भदौ १५ गते काँकरभिट्टाबाट नेपाल प्रवेश गरी धरान–विराटनगर हुँदै फर्किने भएको छ । हरियाणाको अग्रोहबाट चार वटा रथयात्रा चार दिशातिर लागेको र एउटा रथ काँकरभिट्टा हुँदै नेपाल आउने हाे ।
मेचीनगरका रथयात्रा संयोजक एवम् मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमियाका अनुसार रथयात्रालाई पूर्वी प्रवेशद्वारमा संघीय संसद्की उपसभामुख इन्दिरा रानाको नेतृत्वमा स्वागत गरिने कार्यक्रम रहेको छ ।
नेपाल प्रवेश लगत्तै काँकरभिट्टाको हनुमान मन्दिरमा नेपालतर्फको रथयात्रा उद्घाटन हुनेछ भने पहिलो दिन काँकरभिट्टा, धुलाबारी हुँदै विर्तामोडमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको विर्तामोड संयोजक वेदप्रकाश अग्रवालले बताउनुभयो ।
यसैगरी, भदौ १६ गते सुरुंगा, दमक, उर्लावारी हुँदै धरानमा रात्रि विश्रामको कार्यक्रम रहेको रथयात्राको मेची संयोजक पुनित बंशलले जानकारी दिनुभयो ।
धरानबाट भदौ १७ गते धरानबाट हिँड्ने रथयात्रा दुहबी हुँदै विराटनगरमा रात्रि विश्राम गरेर भदौ १८ गते जोगबनी हुँदै भारततिर प्रस्थान गर्ने जनाइएको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
