प्रहरीले रकम असुल्दा भन्सार तिर्न मान्दैनन् व्यपारीहरु
मेचीनगर । सामान्यतया सिमा सुरक्षका लागि नाकाको अग्र भागमा सशस्त्र प्रहरी बललाई खटाइने गरिन्छ । उनीहरुले सिमा सुरक्षार्थ आफ्नो जिम्मेवारी निभाउने गर्दछन् । त्यस्तै भन्सार क्षेत्रमा भन्सारका कर्मचारीहरुले सामान आवश्यक चेक जाँच गर्नुपर्ने दायित्व हुन्छ ।
तर, काँकरभिट्टा नाकामा भने, डिउटीमा खटीएका नेपाल प्रहरी वा घुमुवा प्रहरीले मेची पुलमा नै गएर समेत व्यपारीबाट रकम असुल्ने गरको गुनासाहरु आउने गरेको छ । प्रहरीको यस्तो क्रियाकलापले गर्दा साना व्यपारीहरु दोहोरो मारमा पर्ने गरेका छन् । उनीहरुले प्रहरीलाई रकम बुभाएपछि भन्सार तिर्न आनाकानी गर्ने गर्दछन् । उनीहरु राज्यलाई व्यवहारिकता हेरेर कर तिर्न सहमत । तर, प्रहरीले विभिन्न बहानामा बाटो बाटोमा सामान खोस्दै दुख दिन आफुहरुलाई नहुने व्यपारीको भनाई छ ।
सशस्त्र प्रहरी र भन्सार कर्मचारीले नयाँ नियम लागु भएसंगै कडाइ गर्न तदारुकता देखाइरहँदा नेपाल प्रहरीको लोभीपापी नियतीले राजस्व असुलीमा समस्या हुने गरेको जानकारहरु बताउँछन् ।
नेपाल सरकारले साउन १ गतेदेखि नै देशका सबै नाकाहरुमा सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल भित्राउँदा अनिवार्य भन्सार लाग्ने नियम लागु गरेको छ । यस नियम काँकरभिट्टा नाकामा पनि लागु हुन्छ । तर केहि राष्ट्र सेवक प्रहरीले नै आर्थिक प्रलोभनमा पर्दा भन्सारमा लागु गरेको नयाँ नियम पूर्ण रुपमा कार्यान्वयन गर्न सकस परिरहेको देखिन्छ ।
जनताको शान्ती सुरक्षामा खटिनुपर्ने जिम्मेवार व्यक्तिले लाइन मिलाएर रकम असुल्ने गरेको थुप्रै गुनासाहरु छन् । यसरी प्रहरीप्रति गुनासा बढ्दै जाँदा त्यस बिषयमा सत्यतथ्य बुझ्न रिपोर्टिङ्गका लागि फिल्डमा पुगेका पत्रकारलाई समेत नेपाल प्रहरीले दुव्र्यवहार गर्ने गरेको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाललाई जानकारी गराउँदा समेत खासै चासो नदिएको देखिन्छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...