अन्तर क्याम्पस स्तरीय टि टेन क्रिकेट प्रतियोगिता
मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यहि भदौ १५ बाट अन्तर क्याम्पस स्तरीय टि टेन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पसमा अध्यनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुका लागि सहयोग गर्न छात्रवृत्ति (स्ववियु) कोष स्थापना गर्ने उद्देश्यका साथ स्ववियु काँकरभिट्टाले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा जिल्लाभरका १६ क्याम्पसको सहभागिता रहने निश्चित भइसकेको छ भने प्रथम र दोस्रो पुरस्कार स्वरुप क्रमशः ५० हजार र ३० हजार नगदसँगै ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो ।
खेल संयोजक योगेन्द्र खड्का (बरदान)का अनुसार खेल आयोजनाका लागि ४ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च स्थानीय अग्रज व्यक्तित्व, समाजसेवी तथा विभिन्न संघसंस्थाहरुबाट जुटाउने क्रम चलिरहेको छ । ‘क्याम्पसले पनि हामीलाई खेल आयोजनाका लागि ८० हजार नगद सहयोग गर्ने भएको छ । अन्य रकम भने स्थानीय संघ संस्थादेखि, अग्रजहरुबाट भएको सहयोगबाट जुटाउँदैछौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा पनि अवार्डको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट क्याचर लगायत सहभागी क्याम्पस मध्येबाट सम्पूर्ण विधामा अब्बल (फ्लेयर प्ले अवार्ड) लगायतको व्यवस्था गरिएको खेल संयोजक खड्काले बताए ।
‘कुनैपनि कारणले कोहि पनि शिक्षाबाट बञ्चित हुनुहुँदैन’ भन्ने नीतिलाई आत्मसाथ गर्दै गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिमार्फत सहयोग गर्न स्ववियु कोष स्थापना गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियु सभापति विशाल तामाङले बताए । ‘यससँगै जिल्लाभरका क्याम्पसबिच चिनजानका साथै आत्मिय सम्बन्ध स्थापित गर्न, क्याम्पस स्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउन पनि हामीले यस प्रतियोगिताको आयोजना गरेका हौँ,’ सभापति तामाङले भने ।
मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगिता भदौ २६ गतेसम्म चल्नेछ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
