होटल मेची क्राउन : पूर्वमा पर्यटकको पनि प्रमुख गन्तव्य


झापा । पछिल्लो समय पूर्वको पर्यटन व्यवसायमा होटल मेची क्राउन एक गन्तव्यको रुपमा आइरहेको छ । मेची क्राउनमा सातामा ८ सय बढी मानिसहरु आउने गरेको तथ्यांक छ । होटलमा आउने ग्राहकले करिब एकजना बराबर १५ हाजर रुपैया खर्च गर्ने गरेको बताइएको छ । उनीहरुबाट होटलमा मात्र नभएर यहाँका अन्य व्यवसायमा समेत टेवा पुगेको मेचीक्राउनको दावी छ ।

पर्यटकहरुले धुलाबारी, विर्तामोड तथा इलाममा गएर खर्च गर्ने गरेका छन् । खासगरी भारतबाट आउने ग्राहकहरुले कोशेलीको रुपमा चिया, छुर्पी, मिठाइ तथा लत्ता कपडा स्थानिय बजारबाट खरिद गर्ने गरेका छन् । होटल मेची क्राउनकै करिब २ सय ५० मिटर पश्चिम रहेको नाङ्लो होटल रहेको छ । उक्त होटलमा आउने ग्रहकमध्ये करिब १५ प्रतिशत मेची क्राउनबाट आउने गरेको सञ्चालक रञ्जित खड्काले बताए । त्यस्तै काँकरभिट्टाका एक कपडा व्यवसायिका अनुसार भारतबाट आउने ग्राहकहरुले ढाका लगायतको कपडा लिएर जाने र प्रायः उनिहरु मेची क्राउनमा बसेको बताउने गरेका छन् ।

पूर्वको होटल मेची क्राउन कोशी प्रदेश कै एकमात्र डिलक्स पाँचतारे होटल हो । यहाँ गुणस्तरिय सेवा लिनका लागि विभिन्न ठाँउहरुबाट मानिसहरु आउने गर्दछन् । मानिसहरु विवाह, पार्टी, तथा अन्य उत्सवहरुको लागि उत्कृष्ट गन्तव्यको रुपमा मेचीक्राउन आउने गरेको बताइएको छ ।

होटलका म्यानेजर निरञ्जन श्रेष्ठका अनुसार त्यस्ता पार्टीहरु लगायत क्यासिनो भेगसले गर्ने विभिन्न इभेन्टको अवसरमा आउने मानिसहरुको संख्या उल्लेखिय रहेको छ । यसरी हिसाब गर्ने हो भने होटलमा आउने पाहुनाको संख्या सातामा करिब ३ हजार बढी हुन जाने उनको दावी रहेको छ । त्यस्तै गर्मीको समयमा विभिन्न स्थानबाट पौडी खेलेर गर्मी छल्ने र रमाइले गर्नको लागि समेत दैनिक ४० देखि ५० जना मानिसहरु आउने गरेका छन । स्वीमिङ्ग पुल, विभिन्न क्षमताका मिटिङ्ग हल, रमणिय उद्दान तथा गुणस्तरिय खानाका परिकार र सेवाका लागि मानिसहरु मेची क्राउन आउने गरेका हुन ।

हाल विभिन्न क्याम्पस तथा विद्यालयहरुमा पढाइ भएरहेको एच एम, वि एच एम लगायतका कक्षाका विद्यार्थीहरु अवलोकनको लागि आउने गरेका छन् । यसरी अवलोकन, भ्रमण र इन्टर्नको लागि सातामा ३ देखि ४ वटा कलेजहरु आउने गरेका छन् । उनीहरुको समेत गणना गर्दा यहाँ आउने मानिसहरुको संख्याले पूर्वको पर्यटनमा ठूलो योगदान पु¥याएको देखिन्छ ।

होटल मेची क्राउनमा स्थानियहरुको समेत उल्लेखिय उपस्थितिहुने गरेको छ । यहाँका सामाजिक संघ संस्था, विभिन्न कार्यालयहरु लगायत स्थानियहरु बैठक, फेरवेल, साधारणसभा लगायतका कार्यक्रम गर्न आउने गरेको पाइएको छ । रोटरी क्लब, लायन्स क्लब, जेसिज तथा अन्य सामाजिक संघ संस्थाहरुले आफ्ना नियमित कार्यक्रमहरु गर्ने गरेको होटलले बताएको छ ।

खासगरी यहाँका स्थनिय, नगरपालिका, प्रशासन, संघसंस्था, विद्यालय लगायत सरोकारवालाहरुसँग राम्रो समन्वय, सहकार्य र सहयोग भएको कारण यो संभव भएको होटलका निराजन श्रेष्ठले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने कुरामा समेत होटल सँधै अग्र स्थानमा रहने गरेको छ । हालसम्म विभिन्न विपन्नहरुको शिक्षा, प्रकोपमा राहत तथा विपन्नहरुलाई सहयोग गरिरहेको श्रेष्ठको दावी छ । होटलले त्यस्ता सहायताको कार्यहरुमा सहयोगी हात बढाउन होटल सधैँ तत्पर रहेको निराजन श्रेष्ठले बताए ।