सडक खाली गर्न मेचीनगरको निर्देशन, अटेर गरे डोजर चलाइने
इटाभट्टा । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउन १५ दिनको समय दिएको छ । नगरपालिकाले तोकेको समयभित्र संरचना नहटाएको खडकमा डोजर लिएर भत्काउने छ ।
वुधबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरेको उक्त सूचना भनिएको छ, यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र हटाउनु पर्ने छ । पुनः उल्लिखित समय सिमा भित्र मापदण्ड पालना नगरी निर्माण भएका पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरू तथा घुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु नहटाएमा ‘स्थानीय सरकार संचालन ऐन, २०७४’ बमोजिम नगरपालिका आफैले हटाई उक्त कार्य गर्दा लागेको खर्च सम्बन्धित व्यक्ति संस्थाबाट असुल उपर गर्ने सकेत सोहि सूचनामा जानकारी गराएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै काँकरभिट्टा चारआली खण्डमा सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा सवारी साधनको पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु निर्माण गरेका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको जोखिम देखिएपछि सडकको मध्यविन्दुबाट दाँयाबाया २५÷२५ मिटर भित्र निर्माण गरिएका पार्किंग स्थल, भवन, व्यवसायिक टहराहरु तथा धुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु हटाउने जनाएको छ ।

धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

