आवाससहितको काँकरभिट्टा ट्राफिक कार्यालय भवन शिलान्यास
काँकरभिट्टा । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज (बुधबार) शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले भवनको शिलान्यास गरेका थिए ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर -६ काँकरभिट्टाको पुरानो भन्सारमा करिब २ कठ्ठा क्षेत्रफलमा कूल रु १५ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।
शिलान्यास समारोहमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुुक्ति पौडेलले काँकरभिट्टालाई सुन्दर र व्यवस्थित सहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

भवन निर्माण समितिका अध्यक्ष पौडेलले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लिलाकुमार श्रेष्ठले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपुर्ण सहयोग पुग्ने धारणा राखेका थिए । केहि दिन अघि सर्वदलिय उपस्थितिबाट कार्यालय भवन निमार्ण गर्ने सहमति भएको थियो ।
समारोहमा भवन निर्माण समितिका सल्लाहकार तथा प्रज्ञा सदस्य सुभ्रदा भट्टराई अर्याल, आर्थिक संयोजक सुबास गुरुङ, उपाध्यक्ष खडानन्द भण्डारी, सदस्य सचिव प्र।ना।नि लिलाकुमार श्रेष्ठ, सदस्य विष्णुकुमार श्रेष्ठ, केशव गिरी, मिरा कार्की, सुरेश श्रेष्ठ ९गोपाल०, मोहन रिजाल, दिनेश पोख्रेल, प्रविण थापा, सञ्जय तामाङ, होम विष्ट, प्रहरी सहायक हवल्दार प्रकाश अधिकारी, स्थानीयवासी भुमीलाल भेटवाल र शम्भु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
