मेचीनगर ४ : हात्ती दिवसका अवसरमा आनीबानी, महत्त्व र सहअस्तित्व बिषयमा छलफल
मेचीनगर । मेचीनगर-४ वडा कार्यालयमा विश्व हात्ती दिवसका अवसरमा हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयलको आयोजनामा कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई हात्तीको आनीबानी, महत्त्व र सहअस्तित्व सम्बन्धी बृत्तचित्रद्वारा जानकारी गराइएको कार्यक्रममा मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की, नागरिक समाज अध्यक्ष निलकण्ठ तिवारी, पूर्व मेचीनगर ४ का वडाध्यक्ष नविन बराल, डिल्लिराम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।
वडा कार्यालय हलमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजसेवी, विभिन्न टोलका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्वागत आर आर टी का अध्यक्ष न्यूटन कार्की र सञ्चालन वडासचिव युवराज पोख्रेलले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
