ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण अभियान’
मेचीनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा झापाको चारआलीस्थित प्रतिभा युवा क्लबले शनिबार ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण अभियान’ झापाको चारआलीमा सम्पन्न भएको छ ।
स्थानीय राजनीतिक दलका प्रतिनिधि, ट्राफिक प्रहरी, प्रहरी चौकी चारआली, टोल विकास समितिका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य सविना बजगार्ईंले पूर्वको चौबाटो निकासको केन्द्रको रुपमा रहेको चारआली बजारलाई व्यवस्थित गर्नसके सवारी दुर्घटना न्यूनिकरण हुने बताइन् । त्यसका लागि स्थानीय राजनीतिक दल, संघसंस्था, नागरिक समाज सबै लागि पर्नुपर्ने आवश्यक रहेको उनको भनाईं थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट चारआलीका प्रमुख जनक तिम्सिना, शिवशक्ति टोल विकास समितिका अध्यक्ष बद्री महत, क्लबका संस्थापक अध्यक्ष शरद शिवाकोटीलगायतले यातायात गर्दा ट्राफिक नियम पालना गरी सवारी सधान चलाए सवारीमा क्षति र अकालमै ज्यान गुमाउनबाट बच्न सकिने उद्घोष गरेका थिए ।
अजय आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भोजराज पराजुलीले गरेका थिए । कार्यक्रमअन्तरगत दुर्घटना न्यूनिकरण गर्न चतनामुलक ट्राफिक नियमसँग सम्बन्धित पर्चा, पम्प्लेट, ब्रुसर र स्टिकर बाटोको किनार तथा सार्वजनिक सवारी साधानमा टाँस गरिएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
