अबको नजर एसिया कपमा


हेमन्त निरौला

सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एसोसियट सदस्यता प्राप्त गरेपछि नेपाली क्रिकेट टिमले धेरै आरोह अवरोह पार गर्दै दोस्रो पटक एसिया कपका लागि छनोट भएको छ । यस बिचमा अफ्गानिस्तान जस्तो टोली जो नेपाली टोली पछिको टोलीमा थियो उसले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दर्बिलो उपस्थिति मात्र जनाएन टेस्ट क्रिकेटमान्यता समेत प्राप्त ग¥यो । एसिया महादेशकै मात्र कुरा गर्ने हो भने पनि बंगलादेश र अफ्गानिस्तानले नेपाली व्रिmकेटलाई सधैँ क्रिकेटमा अगाडि बढ्न प्रेरित गरिरह्यो । सन् १९९९ को इंगल्यान्ड विश्वकपमा पाकिस्तानलाई हराउँदै टेस्ट मान्यता पाएको बंगलादेश अनि सन् २००० पछि एसियामा उदाउँदो शक्ति भएर निस्केको अफ्गानिस्तानको उदाहरणले नेपाली क्रिकेटलाई अबको एसियाली शक्ति भनेर चिनाउन सहयोग गर्ने धेरै क्रिकेट पण्डितहरुको भनाई थियो । तर, नेपाली व्रिmकेटमा भित्रिएको राजनीति अनि अस्तव्यस्त व्यवस्थापनले नेपाली क्रिकेटलाई एक पलमा तल अनि निश्चित सुविधाका बिच व्रिmकेट खेलाडीको उत्कृष्ट प्रदर्शनले एक पलमा माथि पुर्याउँदै लग्यो ।
यसै बिच एकदिवसीय विश्वकप जो भारतमा अक्टोबरमा आयोजना हुँदैछ त्यसका लागि गत महिना नेपालले जिम्बाबेमा छनोट चरणको प्रतियोगितामा आफूलाई सामेल गराउन सफल भयो । जिम्बाबेमा आफूभन्दा शक्तिशाली राष्ट्रहरु जिम्बाबे, वेस्ट इन्डिज र नेदरल्यान्डसँग हारका बावजुद नेपाली टोलीले सम्मानजनक क्रिकेट खेल्न सफल भयो । जिम्बाबेपछिश्रीलंकामा भखरैँ सम्पन्न इमर्जिङ कपमा भारत र पाकिस्तानसँग हार व्यहोरेको नेपालले युएईसँग भने सान्तवना जित निकाल्न सफल भयो । यसबिच सम्मानजनक व्रिmकेट खेलेको नेपालको अबको अग्निपरीक्षा एसिया कपमा हुनेछ ।


यसअघि सन् २००२ मा पहिलोपटक एसिया कपका लागि नेपाल छनोट भएको थियो । तर, भारत र पाकिस्तानको राजनीतिक मुद्दाका कारण उक्त प्रतियोगिता आयोजना हुन सकेन भने त्यसको अर्काे वर्ष आयोजना भएको एसिया कपमा नेपालको सट्टा हङकङ एसिया कपमा छनोट भयो । यसरी भदौ १३ गते (अगस्ट ३०) मा पाकिस्तानको मुल्तानमा हुने एसिया कपको उद्घाटन खेलमा नेपालले पहिलोपटक पाकिस्तानको सामना गर्नेछ । एसिया कपको समूह ‘ए’ मा नेपालसँगै आयोजक पाकिस्तान र भारत रहेका छन् । उल्लेख्य कुरा त के छ भने यसपटक एसिया कप पाकिस्तान र श्रीलंका गरी दुई देशमा खेलिने छ । आयोजनाको जिम्मेवारी पाकिस्तानले पाएपनि भारतसँगको राजनीतिक मुद्दाका कारण केही खेल श्रीलंकामा आयोजना हुनेछ । नेपालले भारतसँगको खेल भने भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकामा खेल्नेछ ।
इमर्जिङ कपका लागि आराम दिइएका करण केसी, ज्ञानेन्द्र मल्ल र आरिफ शेख एसिया कपका लागि नेपाली टोलीसँग जोडिने छन् भने हाल क्यानडामा ग्लोबल टी–२० खेलिरहेका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पनि एसिया कपमा नेपाली टोलीको हिस्सा बन्ने छन् ।
नेपाली टोलीले एसिया कपमा सहभागिता जनाउने मात्र हैन आफ्नो ब्याटिङलाई सुधार्दै एसियाका दुई महारथी भारत र पाकिस्तान सामू आफूलाई चिनाउन पनि नेपाली व्रिmकेटका लागि ठूलो अवसर अनि चुनौति हुनेछ । खेल अघि नै हारेको मानसिकता बोकेर हैन ‘हामी जित्न सक्छौँ र जित्छौँ’ भन्ने मानसिकताका साथ खेल्न सके एसिया कपमा नेपालले ठूला टोलीसामू चुनौति पेस गर्न सक्ने कुरामा दुईमत छैन ।