मेचीनगरका मेयर उत्रिए ‘एक्सन’मा

मेचीनगर । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका ‘एक्सन’मा उत्रिएको छ । आइतबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको टोलीले धुलाबारी बजार क्षेत्रका किराना पसलमा आकस्मिक अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिएको थियो ।
मेचीनगर नगरपालिकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । पहिलो चरण अन्तर्गत व्यवसायीलाई सम्झाइ बुझाइ गरेको र आगामी दिनमा कमजोरी भेटिए तत्काल कारवाही गर्ने नगर प्रमुख बुढाथोकीले बताए ।
अनुगमनमा नगर उपप्रमुख मीना उप्रेती, कृषि शाखा प्रमुख दिपेन्द्र कार्की, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसार्इं लगायत प्रहरी प्रशासन सहभागी थिए ।
नगरको अनुगमन टोली आउने सूचना थाहा पाएका केही व्यापारीले सटर बन्द गरेर भागे भने केहीले अनुगमन टोलीलाई जवाफ दिन सकेनन् । भारतीय सीमा नजिक रहेका पसलहरुमा अधिकांश सामानहरु भारतीय नै प्रयोग हुने गरेको जनगुनासो बढिरहेको छ ।
…………………………

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...