खबरमञ्च साप्ताहिक आठौ वर्षमा वर्षमा

काँकरभिट्टा । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो ।
२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले शहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई विशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिरहेको छ ।
छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ । खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका बिषयवस्तुलाई प्राथमिकतामा राखेर साप्ताहिकको अनलाइन संस्करण आम पाठकहरुले पढ्न पाइरहेका छन् ।
पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशक सम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा झापाका अग्रज पत्रकार, पत्रकार जन्य संघ–संगठन नेतृत्व, सञ्चारकर्मी तथा आम पाठकहरुले खबरमञ्चको आगामी दिनमा समेत यात्रा निरन्तरताको शुभकामना ब्यक्त गरेका छन् ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...