शिक्षा सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा

मेचीनगर । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाले धुलावारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा गरेको हो ।
शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तिय कारोवार गर्दै आएका मेहताको गत फागुनमा पेट सम्वन्धी रोगका कारण मृत्यु भएको थियो ।
मेहताको मृत्युपछि उनले संस्थामा तिर्न बाँकी देखिएको एकलाख ३१ हजार एक सय ३९ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए ।
कर्जा मिनाहासँगै मेहता परिवारलाई मृत्यु संस्कार राहतवापत १५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका सदस्य एवम् सेवा केन्द्र धुलावारीकी प्रमुख विपना तिम्सिनाले बताइन् ।
संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । यसअघि पनि शिक्षा बहुउद्देश्यीयले मृतक ऋणी सदस्यको कर्जा मिनाहा गरेको थियो ।
संस्थाले कर्जा मिनाहा गर्दै उक्त रकम मेहताकी श्रीमती मञ्जुदेवीलाई उपलब्ध गराएको छ । संस्थाका उपाध्यक्ष मिश्र, सचिव सूर्यकुमार खतिवडा र सञ्चालक सदस्य लक्ष्मीप्रसाद घिमिरेको उपस्थितिमा कर्जा मिनाहाको जानकारी पत्र दिइएको थियो ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...