मेचीनगर नगरपालिका : युवा नागरिक समाजले बुझायो ज्ञापनपत्र

मेचीनगर । युवा नागरिक समाज मेचीनगर कमिटीले मेचीनगर नगापालिकालई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरमा भएका समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित आज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । युवा नागरिक समाज मेचीनगरका अध्यक्ष प्रकाश खड्काको संयोजकत्वमा गएको टोलीले मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाभ भण्डारी समक्ष ज्ञापनपत्र बुझएको हो ।
ज्ञापनपत्रमा ‘सडक ड्रेन, कालोपत्रे, विभिन्न योजनाको डिपिआर, शिलान्यास, न्याय सम्पादन, उद्घाटन, गोष्ठी, भ्रमण लगायतका बिषयहरुको उठान गरिएको छ । देशकै सुदूरपूर्वको ठुलो मेचीनगर नगरपालिकाले जनताले आशा र भरोसा गरेको व्यक्ति नगर प्रमुख र उपप्रमुख पाएको यो घडिमा यति कामले मात्रै पुग्दैन,’ युवा नागरिक समाजले आज बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ । यसैगरी बुँदागत पिमा नगरमा भएका समस्या दर्साउँदै यसको समाधानको उपाय खोज्न पनि युवाहरुले सुझाव दिएका छन् ।
मेचीनगर नगरपालिकालाई जोडेर बेला बेला सञ्चारमाध्यममा आएका विभिन्न समाचारहरुको सत्य तथ्य छानविन गरी आम नगरवासी माझ प्रस्ट पार्न ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ भने नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरुको प्रभावकारी अनुगमन तथा नियमन गर्न आग्रह गरिएको छ ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...