मेचीनगर नगरपालिका : एक सय ५९ जनाले पाए उपचार सहयोग
मेचीनगर । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका १५९ जना विरामीले चालु आर्थिक बर्षमा रु. एक लाखका दरले उपचार सुविधा पाएका छन् ।
नगरपालिकाले क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात लगायतका रोग लागेका विरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।
स्वास्थ्य शाखाले जनाए अनुसार क्यान्सरका ९० जना, मृगौला प्रत्यारोपणका २८ जना, मुटुका २२ जना र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।
नेपाल सरकारले क्यान्सर, मुटु, मृगौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।

सरकारले बिरामीलाई सिधै रकम दिदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालहरुले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।
यसैगरी पालिकाले नगर क्षेत्रका २०१ जना विरामीलाई नगद रु। पाँच हजारका दरले औषधि उपचार खर्च वापतको रकम वितरण गर्ने तयारी गरेको छ ।
चालु आर्थिक बर्ष २०७९र०८० मा नगरमा उपचार माग भएका २०१ जनाको रु। ८७ लाख २० हजार वितरण गर्ने तयारी गरेको छ । सरकारले जटिल प्रकृतिका विरामीका लागि मासिक रुपमा रु। पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
