तालिमको बहानामा मेचीनगरका शिक्षक नै ठगिए

मेचीनगर । बाल शिक्षकहरुलाई तालिम दिने भनेर एक व्यक्ति मेचीनगरका विभिन्न विद्यालयहरुबाट रकम असुली फरार भएका छन् ।
सागर चौधरी नाम बताउने ती व्यक्तिले गत वैशाख १६ गते नै चन्द्रगढीमा बाल शिक्षकहरुका लागि उपयोगी तालिम प्रदान गर्ने भन्दै स्कुल धाएर शुल्क असुलेका थिए ।
चौधरीले तालिम दिने संस्था एजुकेसन डेभलपमेन्ट प्रोग्राम रहेको विश्वास दिलाउँदै रकम असुल्दा सोही संस्थाको रसिद दिएका थिए ।
मेचीनगर–१३ को बालसुबोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापाले तालिमको बहानामा बाल शिक्षकहरु ठगिएको बताउनुभयो ।
चौधरी गत फागुनदेखि तीन पटकसम्म आफ्नो विद्यालयमा धाएपछि रु. १,३५० दिएर पठाएको थापाले बताउनुभयो । ‘पैसा उठाएर गएका चौधरी सम्पर्कविहीन छन्, तालिम नै सञ्चालन भएन’–उहाँले सुनाउनुभयो ।
चौधरी बाल शिक्षकहरुको घरघरै पुगेर तालिम शुल्क असुल्थे । उनले प्रति शिक्षक रु. १,३५० संकलन गरेका थिए । सयौं व्यक्तिबाट यसरी संकलन भएको लाखौं रकम बोकेर उनी सम्पर्कविहीन भएका छन् ।
यसैमा ठगिएकी बाल शिक्षक मुना मुखियाले रसिद काटेर पैसा लगेको र तालिमका लागि पटकपटक सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताउनुभयो ।
चौधरीले रकम लिँदा तालिमको समापनपछि शैक्षिक सामग्रीसहित सो रकम फिर्ता गर्ने बताएको मुखियाले बताउनुभयो ।
हाल चौधरीे मोबाइल फोन स्वीच अफ गरेर फरार छन् । बाह्रदशी, अर्जुनधारा, बिर्तामोड, मेचीनगर लगायतका विभिन्न पालिकामा चौधरीले बाल शिक्षकहरूबाट रकम असुलेको खुलासा भएको छ । पीडित बाल शिक्षकहरुले रकम उठाउने चौधरीलाई पक्राउ गरी कानूनी कार्वाही गर्न माग गरेका छन् । लाेकतन्त्र पाेस्टवाट

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...