काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकरभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५स्२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।
दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन...

धुलावारी । चारआली जेसीजको आयोजनामा ‘प्रकरण गोष्ठी २०२५’...