झापामा उपभोक्ता ठग्दै केल्मी


मेचीनगर । झापा मेचीनगरको धुलाबारी र बिर्तामोडमा आउटलेट रहेको केल्मीका शाखाहरुले कम गुणस्तरीय र नक्कली उत्पादन बेच्ने गरेको गुनासो आउन थालेको छ । धुलाबारीमा सञ्चालनमा रहेको केल्मीमा खरिद गरेका अधिकांश सामानहरु कम गुणस्तरयुक्त तथा नक्कली भएको उपभोक्ताले बताएपछि विषयवस्तु बाहिर आउन थालेको हो ।
झापा बिर्तामोडको केल्मी स्वरुमबाट गत असार १० गते किरण अधिकारीले रु ३ हजारमा केल्मीको चप्पल खरिद गरे । खरिद गरेको २ दिनमै उक्त चप्पलबाट केल्मीको लोगो मेटिएपछि उनी धुलाबारीमा अवस्थित स्वरुममा उक्त समस्या लिएर गए । स्वरुमका सञ्चालक अमृत तिवारीले उक्त चप्पलको फोटो खिचे, र काठमाण्डौँ दरवारमार्ग स्थित मुख्य स्वरुममा कम्प्लेन टिपाउने र उक्त सामाग्री रिप्लेस गरिदिने बताए ।
किरणसँगै गएका अर्का उपभोक्ता अञ्जन पोर्तेलले एकसाता अघि ३ हजार ६ सयमा केल्मीको टिसर्ट खरिद गरेको र एक पटक धुदा नै रङ उडेको र केल्मीको लोगो उक्किएको गुनासो गरेका छन् । अञ्जनको गुनासोको बारेमा पनि सञ्चालक अमृतले किरणलाई जस्तै प्रतिक्रिया दिए र एक साताभित्र खबर गर्ने बताए, तर उनीहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा नत बताए नत सम्पर्क नम्बर नै राखे ।


असार १८ गते सोमबार धुलाबारीको स्वरुम बन्द थियो, किरण र अञ्जन बिर्तामोड भद्रपूर रोड स्थित स्वरुममा पुगे र उक्त ३ हजार ६ सयमा खरिद गरेको खुइलिएको टिसर्ट देखाए । स्वरुममा सञ्चालक अमृत तिवारी नै भेटिए । तिवारीको जवाफ थियो ‘तपाइले यो भेष्ट वासिङ्ग मेसिनमा धुनु भयो होला’। तिवारीको जवाफ सुनेर एकछिन सन्नाटा नै छायो र पुनः उनले भने ‘यो लुगा घामबाट समेत बचाउनु पर्छ ।’ पसल सञ्चालकको यस्तो विरोधाभासपूर्ण जवाफ सुनेका उनीहरुले एकसाता अघिको चप्पलको विषयमा कुरा गरे । उनले थप एकसाता समय लाग्ने र उक्त समस्याको समाधान हुने वित्तिकै खबर गर्ने बताए । किरण अधिकारीले कसरी सम्पर्क गर्नुहुन्छ भनि सोधेपछि मात्र तिवारीले उनीहरुबाट फोन नम्बर मागे । पुनः एक साता पछि उनीहरु असार २६ गते धुलाबारी केल्मी स्वरुममा गए, तर त्यस दिन पनि उनीहरुलाई २ दिनपछी सम्पर्क गर्ने भन्दै पठाए ।
केल्मीको कालो कर्तुतको विषयमा उनीहरुले बजारमा कुरा गरे । उनीहरुको कुरा सुनेर झापाली विद्यार्थी नेता सन्तोष धमलाले पनि केल्मीको टिसर्टमा भुवा आएको, गुणस्तर नभएको कुरा गुनासो गरे । काँकरभिट्टा स्थित सञ्जोग श्रेष्ठले किनेको भेष्टको लोगो पनि उक्किएको बताए, त्यस्तै प्रविण खड्काले ४हजार ५ सयमा खरिद गरेको हाफपाइन्टंं पनि केही समयमै तन्कियो ।
किरण, अञ्जान, सन्तोष, सञ्जोग तथा प्रविण त प्रतिनिधि पात्र मात्रै हुन, झापाका कुनै पनि चिया पसलमा हुने गफमा केल्मीको गुणस्तरको बारेमा चर्चा हुने गरेको र महङ्गोमा नक्कली सामान किन्नुपरेको गुनासो यत्रतत्र शुरु भएको छ ।


हाल बजारमा लोकप्रिय बन्दै गएको केल्मी ब्राण्ड यसरी फ्रेन्चाइज लिइएकाहरुबाटै गुणस्तरहिन सामान बेच्नु र गैरजिम्मेवारी व्यवहार आउनुले उपभोत्ताmहरु ठगिरहेको कुरा प्रष्ट हुन्छ । त्यस्तै विक्रि गरेको सामानको विल समेत नदिने गर्नाले सरकारलाई राजस्व समेत ठगी भइरहेको त छैन भन्ने प्रश्न पनि योसँगै जोडिएर आउँछ । बजारमा केल्मीको नक्कली सामानमा छापा गर्ने प्रशासनले केल्मीकै आधिकारीक स्वरुममा विना विल नक्कली सामान बेचीरहदाँ मौन रहनुले पनि शंका गर्ने प्रशस्त ठाँउहरु रहेको जानकारहरु बताउँछन् । स्रोतको अनुसार केल्मीको कपडाहरु चिनको एक शहरमा उत्पादन हुने र सोही सामान कम गुणस्तरयूक्त हुने र स्पेनमा बनेको कपडाको मुल्य लिएर उपभोक्ताहरुबाट ब्रम्हालुट गरिरहेको शंका समेत रहेको पाइएको छ ।