अनुगमनमा नगरप्रमुख बुढाथोकी : मापदण्ड अनुसार काम गर्न निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निमार्णधिन झापा मार्गको कालोपत्रे अनुगमन गरेका छन् । बन्दै गरेको सडकमा कालोपत्रे मापदण्ड अनुसार भए नभएको पहिचान गर्न ईन्जिनियर सहितको टोलि लिएर नगरप्रमुख आफै फिल्डमा अनुगमनका लागि पुगेका हुन् ।
बिहिबार अनुगमनका क्रममा नगरप्रमख बुढाथोकीले मापदण्डमा कुनैपनि कन्जुस्याई गर्न नहुने बताए । उनले मापदण्ड अनुसार नै कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए ।
३ करोड ६० लाखको बजेटमा कालोपत्रे बन्दै गरेको झापा मार्गमा मेचीनगर र संघको ५०/५० प्रतिशत लगानी रहेको छ । मेचीनगर-८ स्थित प्रतिभा चोक पश्चिम मेचे गाँउ हुँदै निन्दा बाध र निन्दा खोला पश्चिम बाधबाट मेचीनगर १० धुलाबारी छेउ करिब १४ सय मिटर ड्रेन सहितको कालोपत्रे सडक अहिले धमाधम बनिरहेको छ ।
अनुगमनमा नगर प्रमुख बुढाथोकीसंगैं कार्यापालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, ईन्जिनियरद्वय रोशन रिमाल, जीवन भट्टराई र सव ईन्जिनियर भुपेन्द्र तामाङ थिए ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...