फुल टिप्न हिँडेकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु
मेचीनगर । मेचीनगर–१० धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक वृद्धाको आज विहान मृत्यु भएको छ ।
एकाविहानै महानन्द टोलस्थित छिमेकीको आँगनमा फुल टिप्न हिँडिरहेकी ८० वर्षीया पन्नादेवी साह विहान ४ बजेतिर जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।
हात्तीले कुल्चेर उनकाे घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
‘बजारतिर हात्ती पसेको खबर सुनेपछि गाउँलेहरुलाई सतर्क हुनु भनेर भन्दै थिएँ,’ वडाध्यक्ष खनालले भने–‘उहाँ (पन्नादेवी) फुल टिप्दै हुनुहुँदोरहेछ । हात्ती छेउमै आइसक्दा भाग्न सक्नु भएन ।’
धुलाबारी इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरिरहेको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
