पूर्वाधार विकासमा मेचीनगर : प्राथमिकतामा ११ योजना
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/08/mechinagar.jpg)
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँगसँगै पूर्वाधार विकासमा ११ योजनालाई प्राथमिकतामा राखेको हो ।
नगरपालिकाले प्राथमिकतामा राखेको योजनामा अनुसार काँकरभिट्टामा बहुउद्देश्यीय बस टर्मिनल, विजनेस तथा बसपार्क निमार्ण गरिनेछ । खेलकुदलाई मध्यनजर गरि नगर क्षेत्रभित्र एउटा स्टुडियम निमार्ण गरिने र खेलमैदानहरुलाई व्यवस्थित गर्ने योजना रहेको छ । बर्षायाममा बाढीवाट गाँउवस्ति जोगाउन निन्दा, सुकेनिन्दा, पालिया, टिमाई, हडिया, फुलावासा खोलामा तटवन्धनको योजना रहेको छ । मेची नदीमा तटवन्धनको निरन्तरता दिइने बताइएको छ । यो तटवन्धन निमार्णले हात्ति प्रवेशमा पनि केही नियन्त्रण हुने अनुमान गरिएको छ ।
नगरपालिकाले प्राथमिकतामा राखेका ११ योजना मध्ये मेची पारिको भुगोललाई जोड्न झोलुङ्गे पुल निमार्ण गरिनेछ । उद्योग ग्रामको स्थापना गरिनुकासाथै नगर अस्पताल निमार्णलाइ तिव्रता दिइने बताइएको छ । ठुला अधुरा सडक र पुल, निन्दा फुलावासा काली लगायतका नदीमा हरियाली नदी कोरिडोर निमार्ण गर्ने योजना रहेको छ ।
शुद्ध खानेपानीवाट नगरका केही पनि जनता बञ्चित हुन नपरोस् भनि भएकालाई व्यवस्थित र नयाँ आयोजनाको खोजी गरिने नगरपालिकाले प्राथमिकतामा राखेको ११ योजनामा समावेश गरिएको छ । काँकरभिट्टामा निमार्णधिन अधुरो भ्यूटावरलाई समेत निरन्तरता दिइने योजनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले प्राथमिकतामा राखेको पूर्वाधार विकास योजनालाई सम्पन्न गर्नका लागि प्रदेश सरकार, संघिय सरकार र लगानी वोर्डसँग समन्वय गरिने नगर प्रमुख गोपाल बुढाथोकीले बताए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...